ह्वावे मेट ४० सिरिजको स्मार्टफोन अक्टुबर २२ मा लन्च हुने

  • Technology Khabar | २४ आश्विन २०७७, शनिबार
ह्वावे मेट ४० सिरिजको स्मार्टफोन अक्टुबर २२ मा लन्च हुने

काठमाडौं ।

पछिल्ला बर्षको भन्दा केहि हप्ताको ढिलाइ पछि, ह्वावेले अन्ततः मेट श्रृंखलाको रूपमा आफ्नो अर्को मेट ४० सिरिजको स्मार्टफोनको लागी मिति घोषणा गरीएको छ।

यी ह्यान्डसेटहरू आधिकारिक किसिमले अक्टुबर २२ मा सार्वजनिक गरिनेछ। सो इभेन्ट भर्चुअल आयोजना हुनेछ र इभेन्टको लाइभ स्ट्रिम युट्यूब, फेसबुक, र ट्विटरमा उपलब्ध हुनेछ।

ह्वावे मेट सिरिज आईफोन १२ सिरिज जस्तै महिनौं मिडियाहरुमा विभिन्न अनौपचारिक जानकारीसहित चर्चामा रहेको थियो। चिनियाँ टेलिकम जायन्टले चार मोडेलहरू सुरूवात गर्ने अपेक्षा गरिएको छ ।

मेट सिरिजअन्तरगत ह्वावे मेट ४०, ह्वावे मेट ४० प्रो, ह्वावे मेट ४० प्रो प्लस र पोर्चे डिजाइन ह्वावे मेट ४० आरएस रहनेछन् ।

यी फोनहरू ६ नानोमिटर हाइसिलिकन किरीन चिपसेट द्वारा संचालित भएको रिपोर्ट गरिएको छ र ह्वावेले मेट ४० सिरिजलाई लीप फरवार्ड अहेड नारा साथ लन्च गर्नेछ ।

ह्वावे मेट ४० सिरिजमा यसअघिको पि ४० सिरिजको जस्तै डीस्प्ले हुनेछ भने यसमा ६६ वाटको फास्ट चार्जर आउनेछ ।

प्रकाशित: २४ आश्विन २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार