Vivo

भिभो वाई ट्वान्टी नेपाली बजारमा सार्वजनिक, पावर सेभिङ टेक्नोलोजी प्रयोग

भिभो वाई ट्वान्टी नेपाली बजारमा सार्वजनिक, पावर सेभिङ टेक्नोलोजी प्रयोग
Global IME Bank

भिभो नेपालले वाई सिरिज अन्तर्गत नयाँ स्मार्टफोन वाई ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ । युवा पुस्तामाझ लोकप्रिय भिभोले उत्कृष्ट प्रविधि र आकर्षण डिजाइनका साथ वाई ट्वान्टी बजारमा उपलब्ध गराएको हो ।

बजार मूल्य २० हजार ९९० तोकिएको यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ । कम्पनीका अनुसार भिभो वाई ट्वान्टीमा पावर सेभिङ टेक्नोलोजी प्रयोग गरिएको छ । जसले गर्दा एक पटकको फुल चार्जमा प्रयोगकर्ताले लामो समय सम्म निरन्तर रुपमा मोबाइल प्रयोग गर्न पाउनेछन् ।

३ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज रहेको फोनलाई माइक्रोएसडी कार्डको मद्दतले २५६ जीबीसम्म क्षमता विस्तार गर्न सकिने छ ।

फोनमा क्वालकम स्न्यापड्रागन प्रोसेसर प्रयोग गरिएको छ। जसको मद्दतले बिना कुनै रुकाउट लामो समयसम्म गेम खेल्न सकिने कम्पनीको दाबी छ ।

स्मार्टफोन हलुका भएकाले प्रयोगकर्ताको हातका लागि प्रयोगमैत्री रहेको छ । पातलो डिजाइनमा आएको फोनको साइडमा फ्रिगर प्रिन्ट स्क्यान राखिएको छ । जसको मद्दतले प्रयोगकर्ताले बिना कुनै झन्झट सेकन्डमै फोन खोल्न सकिने उल्लेख छ ।

दुई कलरमा बजारमा उपलब्ध हुने भएता पनि हालसम्म कुन कुन कलरमा भित्रिन्छ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन् ।
कम्पनीका अनुसार स्मार्टफोनमा प्रयोग भएको क्यामेरा प्रविधिको मद्दतले प्रयोगतर्काले प्रोफेशनल फोटो ग्राफिको मज्जा लिन सक्ने छन् । जसका लागि फोनमा एआईमा आधारित रियर क्यामेरा प्रयोग गरिएको छ ।

जसमा म्याक्रो, बोकेलगायतका धेरै फिचर छन् । ६.५१ इन्चको हालो डिस्प्लेका साथ विभिन्न प्रविधिको प्रयोगमार्फत फोनको स्क्रिनमा नयाँ आयाम प्रदान गरिएको कम्पनीले जनाएको कम्पनीका अनुसार जसले फिल्म हेर्दा तथा गेम खल्दा प्रयोगकर्ताले नयाँ अनुभव प्राप्त गर्नेछन् ।

कम्पनीको अनुसार यो फोन अहिलको युवाको रुची प्रविधि र डिजाइनको मिश्रण हो ।

Sajilo Visa
easy care