इलेक्ट्रोनिक अप्लायन्सेज

सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर, इलेक्ट्रोनिक्स उत्पादनमा ३५ प्रतिशतसम्मको छुट

सामसङको ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर, इलेक्ट्रोनिक्स उत्पादनमा ३५ प्रतिशतसम्मको छुट
Global IME Bank

सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ ।

वर्तमान अवस्थालाई मध्यनजर गर्दै सामसङका उत्पादनहरुले आफ्ना ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन सामसङले यस अफर प्रस्तुत गरेको हो ।

यस ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ अफर अन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स् उत्पादनहरुमा अधिकतम ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । यस ३५ प्रतिशतसम्मको छुट ग्लोबल नं १ सामसङ टिभि, रेफ्रिजेरेटर र वासिङ्ग मेसिनको खरिदमा लागू हुनेछ ।

बदलिंदो परिस्थितिलाई मध्यनजर गर्दै सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु खरिद गर्ने वैकल्पिक सुविधा पनि ग्राहकहरुलाई प्रदान गरिएको छ । सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टि प्रदान गरेको जानकारी दिएको छ ।

त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजिमा १० वर्षको वारेन्टी रहेको छ । निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा पनि रहेको छ ।

यो फेस्टिभ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म नेपालभर सामसङका आधिकारिक डिस्ट्रीब्युटर हिम इलेक्ट्रोनिक्स् प्रा.लि.र त्रिवेणी ब्यापार प्रा.लि. द्वारा आफ्ना डिलरहरु मार्फत लागू गरिएको सामसङले जनाएको छ ।

Sajilo Visa
easy care