एप्पल हालसम्म ५ करोड भन्दा बढी आईप्याडहरु बिक्री गर्न सफल

  • Technology Khabar | ३१ भाद्र २०७७, बुधबार
एप्पल हालसम्म ५ करोड भन्दा बढी आईप्याडहरु बिक्री गर्न सफल

काठमाडौं ।

एप्पलले मंगलबार आफ्ना विभिन्न डिभाइसहरु तथा सेवाहरु लन्च गरेको छ । कम्पनीले सो इभेन्टमा धेरै चाखलाग्दो बिक्री सम्बन्धित जानकारी साझा गरेको छ।

सन् २०१० मा पहिलो आईप्याड देखापरेको समयदेखि हालसम्म कम्पनीले ५ करोड भन्दा बढी ट्याब्लेट बेच्न सफल भएको छ।

२०१८पछि एप्पलले सार्वजनिक रूपमा यसको ट्याब्लेट बिक्रीसम्बन्धी कुनै संख्या पहिलो पटक सार्वजनिक गरेको हो । किनकि यी चीजहरूको बारेमा प्रायः कम्पनीले गोप्यता राखिरहेको हुन्छ । यसको अर्थ कम्पनी आफ्नो आईप्याड सेग्मेन्टमा सफल भईरहेको भनेर बुझ्न सकिन्छ।

आईप्याडको बारेमा कुरा गर्दा, यसका ग्राहकहरुमध्ये ३५ प्रतिशतले अहिलेकाे समयमा आफ्नो पहिलो आईप्याड किन्दै छन्।

त्यसैले यसको अर्थ भनेको ट्याब्लेटको क्षेत्र अझै बढिरहेको हुन सक्छ, विशेष गरी अहिलेको नयाँ महामारीको अवस्थामा।

एप्पलको आईप्याडसँग कुनै पनि अन्य कम्पनीका ट्याब्लेटको भन्दा अधिक सन्तुष्ट ग्राहकहरु छन्। यसैबिच कम्पनीले नयाँ आईप्याड एयर र इन्ट्री लेभलको आइप्याड लन्च गरेको छ । एजेन्सीका साथ

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार