सामसङले क्वालकमका सबै स्न्यापड्रागन ८७५ चिपसेटहरू उत्पादन गर्ने

  • Technology Khabar | २९ भाद्र २०७७, सोमबार
सामसङले क्वालकमका सबै स्न्यापड्रागन ८७५ चिपसेटहरू उत्पादन गर्ने

काठमाडौं ।

क्वालकमले डिसेम्बरमा आफ्नो अर्को फ्लयागशिप चिपसेट पेश गर्न तिब्रगतिमा काम गरिरहेको छ । र हामी यसलाई नाम स्न्यापड्रागन ८७५ नाममा आउने आशा गर्दछौं।

दक्षिण कोरियाबाट प्राप्त रिपोर्ट अनुसार, सामसङ सेमीकन्डक्टर कम्पनीले टीएसएमसी भन्दा राम्रो डिल प्रस्ताव गर्न सकेको छ र चिपसेटको सम्पूर्ण ब्याचको निर्माण गर्नेछ। यो सबै अर्को बर्षको प्रमुख फोनहरूका लागि प्रयोग हुनेछ।

सामसङ सेमीकन्डक्टर कम्पनी सामसङ इलेक्ट्रोनिक्सको डिभिजन हो र विगत २० बर्षमा सबैभन्दा ठूलो सेमीकन्डक्टर निर्माता हो।

पछिल्लो सम्झौताले कोरियाली टेक जायन्टलाई स्थिति सुदृढीकरण गर्न मद्दत गर्दछ र रिपोर्टहरूकाअनुसार यो सम्झौता भनेको सबै स्न्यापड्रागन ८७५ चिप्सका लागि हो । क्वालकमको लागि यसको लागत ८५० मिलियन र १ अरब डलरको बिचमा हुने बताईएको छ।

सान डिएगो चिप कम्पनी क्वालकमले यस महिनाको शुरुमा आइएफए २०२० को बखत एउटा मुख्य भाषण दिएको थियो, जहाँ धेरै स्मार्टफोन कम्पनी मालिकहरूले स्न्यापड्रागन चिपसेटमा आफ्नो रुची प्रदर्शन गरेका थिए।

ती मध्ये ओपो र शाओमी हुन्, । यसका साथै हामी अर्को एमआई फ्ल्यागशिप स्न्यापड्रागन ८७५ सँगै मार्चको प्रारम्भमा आउने आशा गर्छौं। एजेन्सी

प्रकाशित: २९ भाद्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार