
काठमाडौं ।
बेइजिङमा रहेको टिकटक मुख्यालयले अमेरिकामा टिकटकको कारोबार सञ्चालक बाइटडान्सले जबर्जस्ती बेच्नुभन्दा यसको सेवा बन्द गर्नु राम्रो रहेको जनाएको छ।
शुक्रबार कम्पनीका तीन आधिकारीहरुले ट्रम्प प्रशासनको उर्दीको म्याद सकिनै लाग्दा यस्तो अभिव्यक्ति दिएका हुन्।
बाइट डान्स अमेरिकामा रहेको टिकटकको कारोबार बेच्न अहिले माइक्रो सफ्ट र ओरेकल जस्ता सम्भाव्य क्रेताहरुसँग छलफल गरिरहेको छ।
चीनसँगको विवाद बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अघस सेप्टेम्बर १५ भित्र टिकटकका अमेरिकामा रहेका सबै कारोबार बेच्न अल्टिमेटम दिएका थिए। त्यतिन्जेल नबेचिए सेवामा प्रतिबन्ध लगाउने पनि ट्रम्प प्रशासनले बताएको थियो।
तर रोयटर्सको रिपोर्टमा चीनका अधिकारीहरुले जबर्जस्ती बेच्दा वाशिंटनको दबाबका सामु चीन र बाइट डान्स दुवै कमजोर देखिने भएकाले बेच्नुभन्दा सेवा बन्द गर्नु राम्रो हुने अभिव्यक्ति आएको स्रोतले जनाएको छ।
यता बाइट डान्सले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताएअनुसार चीन सरकारले बाइट डान्सलाई अमेरिका वा अन्य बजारमा टिकटक बन्द गर्ने सम्बन्धमा केही भनेको छैन।
स्रोतका अनुसार चीनले गएको अगस्ट २८ मा आवश्यक परेमा बाइट डान्सले प्रस्ताव गरेको कारोबार केही समय रोक्न प्रविधि निर्यातसम्बन्धी बनाएको आफ्नो सूचीमा केही सामीक्षा गर्ने बताएको थियो। चीनको स्टेट काउन्सिल इन्फर्मेशन अफिस र यसका विदेश तथा अर्थ मन्त्रीहरुले यसबारेमा केही प्रतिक्रिया मागिएकोमा केही जवाफ दिएका छैनन्।
नियमित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्प र टिकटकका बारेमा सोधिएको प्रश्नमा शुक्रबार चीनका विदेश मन्त्री जाओ लाइजियानले अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गरिरहेको भन्दै विदेशी कम्पनीहरुमाथि अत्याचार रोक्न आग्रह गरेका थिए।
प्रकाशित: २७ भाद्र २०७७, शनिबार