भारतीय पेमेन्ट एप पेटीएमको आय बढ्यो, घाटामा उल्लेख्य कमी

  • Technology Khabar | २० भाद्र २०७७, शनिबार
भारतीय पेमेन्ट एप पेटीएमको आय बढ्यो, घाटामा उल्लेख्य कमी

काठमाडौं ।

भारतीय डिजिटल वित्तीय सेवा कम्पनी पेटीएमले आम्दानीमा वृद्धि भएको जानकारी दिएको छ । यसका साथै कम्पनीको घाटामा पनि उल्लेख्य कमी आएको छ ।

कम्पनीले शुक्रबार दिएको जानकारीअनुसार ३१ मार्चमा सकिएको आर्थिक वर्ष २०१९/२०२० को अन्त्यमा यसको आम्दानी ३,६२९ करोड भारु पुगेको छ।

पेटीएमले एक विज्ञप्तिमा भन्यो, ‘हामी हाम्रा व्यापारी साझेदारहरूका लागि डिजिटल सेवाहरू निर्माणमा ठूलो लगानी गरिरहेका छौं।’

पेटीएमको घाटा पनि लगातार घट्दै गइरहेको छ र कम्पनी आगामी दुई वर्षमा नाफा कमाउन सक्ने बताएको छ।

कम्पनीले वित्तीय सेवा र बिक्री उपकरणको लेनदेनमा ठूलो वृद्धि भएको छ र घाटा अघिल्लो वर्षको तुलनामा घाटा ४० प्रतिशतले घटेको जानकारी दिएको छ।

भारतीयसमाचार एजेन्सीका अनुसार पेटीएमका अध्यक्ष मधुर देवराले भने कि २०२२ सम्ममा कम्पनीलाई नाफामा ल्याउने लक्ष्य छ।

कम्पनीले साना र मध्यम आकारका उद्यमहरू (एसएमई), किराना स्टोरहरू आदिको मागलाई ध्यानमा राख्दै २ लाख युनिटहरू एन्ड्रोइड(आधारित पोइन्ट अफ सेल (पीओएस) बेचेको छ।

यो वर्ष कम्पनीको कारोबार र आम्दानी अझ बढ्ने अपेक्षा गरिएको छ । कोरोना महामारीका कारण भारतमा बढिरहेको डिजिटल कारोबारले यसमा सहयोग पुर्याउने बताईएको छ । एजेन्सी

प्रकाशित: २० भाद्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार