पोको ब्राण्डले सबैभन्दा सस्तो स्मार्टफोन ‘पोको एम२’ सार्वजनिक गर्दै

  • Technology Khabar | १९ भाद्र २०७७, शुक्रबार
पोको ब्राण्डले सबैभन्दा सस्तो स्मार्टफोन ‘पोको एम२’ सार्वजनिक गर्दै

काठमाडौं ।

शाओमीअन्तरगतको स्वतन्त्र स्मार्टफोन ब्राण्ड पोकोले भारतमा पोको एम२ यहि सेप्टेम्बर ८ मा लन्च गर्ने भएकोछ । यो ‘एम२ प्रो’ स्मार्टफोनको डाउनग्रेड संस्करणको रूपमा भारतबाट विश्व बजारमा लन्च गरिनेछ।

पोकोले भारतमा आधिकारिकरूपमा नयाँ डिभाइस लन्च गर्नु अघि पोको एम २ का केही सुविधाहरू हाइलाइट गर्न सुरू गरेको छ।

कम्पनीको भर्खरको टिजरबाट यो जानिएको छ कि यो फोन ६ जीबी र्याम भेरियन्टमा आउँछ। कम्पनीले पोको एम २ बजारमा सस्तो ६ जीबी र्याम स्मार्टफोन हुने दाबी गरेको छ।

भारतीय ईकमर्श फ्लिपकार्टमा जारी गरिएको टिजरका अनुसार आउँदो पोको स्मार्टफोनको स्क्रिन साइज पनि ठूलो हुने सम्भावना छ।

यो पनि विश्वास गरिन्छ कि पोको एम २ कम्पनीले भारतमा सार्वजनिक गरिएका फोनहरुमध्ये सबैभन्दा सस्तो फोन हुनेछ तर हाल नयाँ डिभाइसको मूल्यका बारे केही भनिएको छैन।

तर अनुमान गरिएको छ कि पोको एम २ को ६जीबी र्याम भेरियन्टको मूल्य भारतीय बजारमा भारु १० हजार रूपैयाँ हुन सक्दछ।

फ्लिपकार्टमा कम्पनीले जारी गरेको टिजरकाअनुसार यो स्मार्टफोनमा पंच-होल कटआउट हुनेछ। यसमा ठूलो ब्याट्री दिईने सम्भावना पनि छ। एजेन्सीका साथ

प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार