अमेजनद्धारा मर्सेडीज बेञ्जलाई १,८०० इलेक्ट्रिक भ्यानको अर्डर

  • Technology Khabar | १३ भाद्र २०७७, शनिबार
अमेजनद्धारा मर्सेडीज बेञ्जलाई १,८०० इलेक्ट्रिक भ्यानको अर्डर

काठमाडौं ।

अमेजन डट कम इंकले शुक्रबार २०४० सम्ममा कार्बन तटस्थ व्यापार सञ्चालन गर्ने अनलाइन रिटेलरको योजनाको हिस्साका रूपमा मर्सेडीज बेञ्जबाट युरोपेली डेलिभरी सञ्जालको लागि लागि १,८०० इलेक्ट्रिक भ्यान मगाएको बताएको छ ।

‘डेमलर एजीको कार र भ्यान डिभिजनका अधिकांश इलेक्ट्रिक गाडीहरू यस बर्ष सेवामा हुनेछन्,’ कम्पनीले भन्यो ।

यसले मर्सिडीज बेन्जको १,२०० वटा ठूलो ईएसप्रिन्टर मोडेल र ६०० वटा मिडसाइज ईभीटोजको अर्डर गरेको छ।

अमेजनको यो अर्डर मर्सिडीज बेन्जको विद्युतीय सवारीहरूको लागि अहिलेसम्मकै सबभन्दा ठूलो हो । यसमा जर्मनीको लागि ८०० भ्यान र बेलायतका लागि ५०० भ्यानहरु समावेश गरेको छ।

यो अर्डर निकै सानो हो । अमेजनले आफैंले लगानी गरेको स्टार्टअप रिभियन अटोमोटिभबाट भर्खरै मात्र १०,००,००० इलेक्ट्रिक डेलिभरी भ्यानका लागि अर्डर गरेको छ।

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसले एक विज्ञप्तिमा डेमलर सम्झौता रिटेलरको ‘विश्वमा सब भन्दा दिगो यातायात लस्करको निर्माण गर्ने यात्रा’ को हिस्सा रहेको बताए। एजेन्सी

प्रकाशित: १३ भाद्र २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride hosts road safety orientation program

  • Technology Khabar
  • १३ भाद्र २०७७, शनिबार