ह्वावेको नयाँ डिजाइनको फोल्डेबल फोन आउँदै, यस्तो हुनेछ डिजाइन र फीचरहरु

  • Technology Khabar | ३२ श्रावण २०७७, आईतवार
ह्वावेको नयाँ डिजाइनको फोल्डेबल फोन आउँदै, यस्तो हुनेछ डिजाइन र फीचरहरु

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले नयाँ डिजाइनको फोल्डेबल फोन ल्याउने तयारी गरेको छ ।

कम्पनीले गरेको भर्खरको पेटेन्ट फाइलिंगकाअनुसार कम्पनीले नयाँ फोल्डेबल फोन ल्याउने योजना गरेको छ जुन हामीले पहिले देखेको भन्दा फरक छ। नयाँ प्याटेन्टले एक फोल्डेबल फोन देखाउँदछ जुन भित्रीभागतर्फ फोल्ड हुन्छ।

रिपोर्टका अनुसार पेटेन्ट मे २०१९ मा चीन राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (सीना) मा पेश गरिएको थियो। यद्यपि यस प्याटेन्टको लागि अनुमोदन भएसँगै यसको बारे जानकारी यहि अगस्ट १४ मा सार्वजनिक गरिएको छ ।

लेट्सगो डिजिटलले सार्वजनिक गरेको पेटेन्टको ईमेजहरुले हुवावे फोल्डेबल फोन देखाउँछन् जुन भित्री भागतर्फ फोल्ड हुन्छ। तर यसमा सामसङको ग्यालेक्सी जेड फोल्ड २ को भन्दा स्पष्ट भिन्नताहरू छन्।

उदाहरणको लागी, कभर डिस्प्ले यसमा देखिँदैन्। यसको सट्टा, ह्वावेले साइडमा डबल सेल्फी क्यामेरा र सब डिस्प्लेको लागि ठाउँ राखेको देखिन्छ ।

सब डिस्प्लेको साथ यो साइड बार फ्लेक्जिबल स्क्रिनको बाँया भागमा छ र फोल्ड भए पनि पहुँचयोग्य रहन्छ। यसले आएका फोन एसएमएस वा जानकारीहरुको नोटिफिकेसन देखाउँछ । यसका साथमा साइड बारमा फोल्डेबल फोनका साथमा आउने स्टाइलस राख्ने स्थान पनि हो ।

ह्वावेले यसलाई एम पेन भनेर ल्याउने छ ।

फोनको फ्रन्टमा डबल क्यामरा हुनेछ भने मुख्य क्यामरा क्वाड सेटअपमा आउनेछ । यो ठाडो किसिमको दायाँ भागमा राखिनेछ ।

हल्लाहरुकाअनुसार भने यो फोन ह्वावेले अक्टुबरमा ल्याउने अनुमान गरिएको छ । एजेन्सीका साथ

प्रकाशित: ३२ श्रावण २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...