सामसङलाई बजारमा पछार्दै ह्वावे सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेता बन्यो

  • Technology Khabar | १५ श्रावण २०७७, बिहीबार
सामसङलाई बजारमा पछार्दै ह्वावे सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेता बन्यो

काठमाडौं ।

चीनको ह्वावे टेक्नोलोजीजले दोस्रो त्रैमासमा सामसङ इलेक्ट्रोनिक्सबाट सबैभन्दा ठूलो स्मार्टफोन विक्रेताको ताज खोजेको छ ।

कम्पनी सन् २०२० को दोस्रो त्रैमासमा विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी हुन सफल भएकोछ ।

अमेरिकी प्रतिबन्धको बाबजुद क्यानालिस तथ्यांकका अनुसार ह्वावेले विश्वव्यापी स्मार्टफोन बजारमा शीर्ष स्थान लिन सफल भएको हो।

बजार अन्वेषकका अनुसार ह्वावेले दोस्रो त्रैमासमा पहिलो पटक अन्य विक्रेता भन्दा बढी विश्वव्यापी स्मार्टफोन बिक्री गर्न सफल भएको छ । पछिल्लो नौ बर्षमा पहिलो पटक त्रैमासमा सामसंग र एप्पल बाहेक अन्य कम्पनीले बजारको नेतृत्व गरेको छ ।

यस त्रैमासिक मा ह्वावे ५ करोड ५८ लाख डिभाइसहरु ढुवानी गरेको छ, जून गत वर्षको तुलनामा वार्षिकरुपमा ५ प्रतिशत कम हो ।

सका साथै सामसङ ५ करोड ३८ लाख स्मार्टफोनको बिक्रीका साथ दोस्रो स्थानमा आयो र यो अघिल्लो बर्षको तुलनामा ३० प्रतिशतले कम हो ।

ह्यवेको बिक्रीमा सुधार आउनुमा चीनमा आफ्नो मजबूत स्थितिको कारण थियो, जहाँ यसको ढुवानीमा दोस्रो त्रैमासमा ८ प्रतिशत बृद्धि भयो।

तर ह्वावेको विदेश बजारमा ८ प्रतिशतले कमी आउँदै यसको खपत घटेको अनुमान गरिएको छ । क्यानालिसकाअनुसार ह्वावेको ७० प्रतिशत भन्दा बढि स्मार्टफोन बिक्री अब मुख्य भूमि चीनमा हुने गरेका छन्।

चिनियाँ कम्पनीले संयुक्त राज्य अमेरिकाको प्रतिबन्धको समस्या महसुस गरेको छ जसले विदेशमा यसको व्यवसायलाई बिगारेको छ, तर पछिल्लो संख्याले यसको आफ्नो घरेलु बजारमा उदाउँदो प्रभुत्व देखाउँदछ।

बजारका अनुसन्धानकर्ता संस्थाकाअनुसार परिस्थिति कोविड १९ महामारीविना संभव हुने थिएन।

ह्वावेले चिनियाँ अर्थतन्त्रको मजबुत पुनः प्राप्तिबाट लाभ हासिल गरेको छ, जबकि सामसगको चीनमा १ प्रतिशत भन्दा कम बजार हिस्सा रहँदै सानो उपस्थिति छ । तर ह्वावेले अमेरिका, भारत, ब्राजिल र युरोप जस्ता प्रमुख बजारमा प्रतिबन्ध र अवरोधको सामना गरिरहेको छ ।

‘विश्वव्यापी अर्थतन्त्रको सुधार हुन थालेपछि चीनमा एक्लै सामर्थ्य रहेको ह्वावेलाई शीर्ष स्थानमा कायम रहिरहनका लागि पर्याप्त हुनेछैन्,’ क्यानालिसले भन्यो ।

प्रकाशित: १५ श्रावण २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

नाडा ‘ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

  • Technology Khabar
  • १५ श्रावण २०७७, बिहीबार