Technology Khabar ८ असार २०७७, सोमबार
काठमाडौं ।
नोकियाले आफ्नो फ्रान्समा रहेको सहायक कम्पनीबाट कर्मचारीहरु कटौतीगर्ने भएको छ । कम्पनीले फ्रान्सको अल्काटेल-लुसेन्ट इन्टरनेशनल कम्पनीबाट १,२३३ जना कर्मचारी हटाउने भएको हो ।
फिनल्याण्डको कम्पनी नोकियाले सोमबार सो घोषणा गर्दै खर्च कटौती गर्न सो यूनिटको करिब एक तिहाई कर्मचारी हटाउने बताएको हो ।
सो घोषणा राजनीतिक विवादमा पर्नसक्ने देखिएको छ । किनकी नोकियाले सो यूनिट ५ वर्षअगाडि खरिद गर्दा रोजगार निरन्तर हुने शर्त लागू गरिएको थियो ।
नोकियाले ५जी नेटवर्कका लागि पछिल्लो दिनमा एरिक्सन, ह्वावेसँग प्रतिस्पर्धा गरिरहेको छ । त्यसैले पनि कम्पनीले लागतको दबाब कमगर्न कर्मचारी कटौतीगर्ने उल्लेख गरेको हो ।
नोकियाले गएको अप्रिलमा ५०० मिलियन यूरो लागत यो वर्षको अन्त्यसम्ममा कम गर्ने बताएको थियो । जसमा ३५० मिलियन यूरो संचालन खर्च र १५० मिलियन यूरो बिक्री लागतबाट कम गर्नेछ ।
कम्पनीले फ्रान्सको सो कम्पनी खरिद गरेपछि त्यसलाई नयाँ पुस्ताको इन्टरनेट टेक्नोलोजीको लागि प्रयोग गरिरहेको थियो ।
अब भने नयाँ नियमबाट फ्रान्सको अनुसन्धान तथा विकास टिम प्रभावित हुने बताईएको छ ।
नोकियाले यसअघिको प्रतिबद्धता र शर्तबाट यो महिनादेखि मुक्त हुने उल्लेख गरेको छ । तर फ्रान्समा अनुसन्धान तथा विकास र बिक्री तथा सेवाको क्षेत्रमा भने काम गरिरहने उल्लेख छ ।
सो समयमा नोकिलाले अल्काटेल लुसेन्स ग्रुपको सो यूनिट किन्नका लागि १५.६ बिलियन यूरो खर्च गरेको थियो । एजेन्सीका साथ
प्रकाशित: ८ असार २०७७, सोमबार