टाटाका गाडीहरु अनलाइन बुक गर्न सकिने, अनलाइनबाट गाडी किने २ लाख रुपैयाँसम्मको छुट

  • Technology Khabar | ३० जेष्ठ २०७७, शुक्रबार
टाटाका गाडीहरु अनलाइन बुक गर्न सकिने, अनलाइनबाट गाडी किने २ लाख रुपैयाँसम्मको छुट

काठमाडौं ।

कोरोना महामारीको समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्करहित बुकिङ वेब पोर्टलको शुरुवात गरेको छ।

कम्पनीको आधिकारिक वेब साइट tatacars.sipradi.com.np मा गएर बुक गर्न सकिने छ । यो पोर्टललाई लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले संयुक्तरुपमा डिजिटल माध्यमबाट शुरुवात गरेका थिए।

‘टाटा मोटर्सका पेसेन्जर कार खरिद गर्न चाहनेलाई वेब पोर्टल एउटा सजिलो माध्यम बन्ने विश्वास लिइएको छ। त्यसबाहेक इच्छुक ग्राहकले यस पोर्टलमा सिप्रदीका कर्मचारीसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीको बारेमा विस्तृतमा जानकारी लिन सक्नुहुनेछ र फोनपे वा इसेवाको माध्यमबाट सवारीको बुकिङसमेत गर्न सक्नुहुनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

प्रयोगकर्तालाई सजिलो होस् भन्ने हेतुको साथमा यो पोर्टल कम्प्युटर र मोबाइलमा समेत हेर्न सहज हुने ढंगमा बनाइएको जनाइएको छ।

यो पोर्टलको मुख्य विशेषता अनलाइन बुकिङ, क्याटलगहरू सहितको सवारीका विवरण, सवारीको डेमो भिडियो, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मूल्यांकन, ऋण मूल्यांकन, सर्भिस बुकिङ, रेफरल योजना र ग्राहकको सुझावलगायत रहेका छन्।

कम्पनीले आफ्ना उत्पादनको उपभोक्ता रिभ्यूसमेत अनलाइनमा राखेको छ । यसका साथै अनलाइनबाट गाडी किन्ने ग्राहकलाई २ लाखसम्मको नगद छुट र एक वर्षको सबै किसिमको सर्भिसमा छुट दिने कम्पनीले उल्लेख गरेको छ ।

यसका साथै स्वास्थ्य क्षेत्रका मानिसहरुले अनलाइनबाट गाडी किनेमा थप ५० हजार रुपैयाँ नगद छुटको व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित: ३० जेष्ठ २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार