रंगभेदको विरोधमा ट्विटरले निलो लोगो हटाएर कालो बनायो, कभर कलर पनि कालो

  • Technology Khabar | २० जेष्ठ २०७७, मंगलवार
रंगभेदको विरोधमा ट्विटरले निलो लोगो हटाएर कालो बनायो, कभर कलर पनि कालो

काठमाडौं ।

माइक्रो ब्लगिङ्ग साइट ट्विटरले आफ्नो प्रोफाइलबाट निलो रंगको लोगो हटाएको छ र यसलाई कालो बनाएको छ।

यसका साथै ट्विटरले आफ्नो कभर कलर पनि कालो बनाएको छ।

यो मात्र होईन, ट्विटरले आफ्नो बायोमा #BlackLivesMatter (ब्ल्याकलाइभ्सम्याटर) ह्याशट्यागको उपयोग गरेको छ।

वास्तवमा, पछिल्लो छ दिन देखि अमेरिकामा हिंसात्मक आन्दोलन भइरहेको छ। एक श्वेत प्रहरीले अश्वेत मानिस जर्ज फ्लोयडलाई पक्राउको क्रममा यातना दिएको थियो भने पछि उनको मृत्यु भयो।

हालसम्म हिंसात्मक प्रदर्शनमा कम्तिमा ५ जना व्यक्तिको मृत्यु भइसकेको छ, हजारौंलाई पक्राउ गरिएको छ र करीव ४० शहरमा कर्फ्यू लगाइएको छ जबकि राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको बंकरमा शरण लिनुपरेको थियो।

मिनेसोटाको मिनियापोलिसबाट शुरु भएको आन्दोलन पछि लस एन्जलस, शिकागो, न्ययोर्क, ह्युस्टन, फिलाडेल्फिया र वाशिंगटन डीसी लगायतका प्रमुख शहरहरूसहित देशभर फैलिएको छ । एजेन्सीका साथ

प्रकाशित: २० जेष्ठ २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...