बेलायतको फाइभजी नेटवर्कमा ह्वावे टेक्नोलोजीको सहभागीतालाई न्यून गर्ने तयारी

  • Technology Khabar | १२ जेष्ठ २०७७, सोमबार
बेलायतको फाइभजी नेटवर्कमा ह्वावे टेक्नोलोजीको सहभागीतालाई न्यून गर्ने तयारी

काठमाडौं ।

बेलायतमा कोरोना भाइरस (कोभिड १९) महामारी का बिचमा ५जी नेटवर्कमा चीनको टेलिकम जायन्ट ह्वावेसँगको पार्टनरशिप कम गर्न तैयारी भईरहेको छ।

हालै आएका रिपोर्टहरुका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको ५जी नेटवर्कबाट ह्वावेलाई हटाउने योजना बनाईरहेका छन् । बेलायतका गार्जियन, दि टेलीग्राफ, फाइनान्सियल टाइम्सलगायतका समाचार रिपोर्टहरुका अनुसार, जोनसनले अधिकारीहरुलाई निर्देशन दिँदै सन् २०२३ सम्म बेलायतकोको दूरसंचार नेटवर्कमा चीनको पार्टनरशिप शुन्यमा लाने योजना तयार गर्न भनेका हुन् ।

बेलायतका कन्जरभेटिभ पार्टीका सदस्यहरुले ह्वावे टेक्नोलाेजीजलाई सन् २०२३ सम्ममा बेलायतको फाइभजी पूर्वाधार र सबै टेलिकम नेटवर्कबाट हटाउन दबाब दिएका समाचार स्रोतहरुलाई उदृत गर्दै आएका रिपोर्टहरुमा उल्लेख छ ।

यसअघि बेलायती प्रधानमन्त्रीले ह्वावेलाई ५जी नेटवर्कमा सिमित तहसम्मको सहभागीता मात्र दिने निर्णय गरेका थिए । उनले निकै संवेदनशिल नेटवर्कहरुमा भने कम्पनीका उपकरणहरु प्रयोगमा रोक लगाएका थिए ।

यो नयाँ तयारी बेलायती प्रधानमन्त्री आगामी महिना अमेरिकामा हुने जी ७ सम्मेलनको पूर्व सन्ध्यामा हुन लागेको रिपोर्टहरुमा उल्लेखछ । एजेन्सीका साथ

 

 

प्रकाशित: १२ जेष्ठ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...