नेपाल टेलिकमको काउन्टर यो साताभरी खुल्ने, कुन स्थानमा कहिले खुल्छ हेर्नुस् (तालिकासहित)

Technology Khabar ११ जेष्ठ २०७७, आईतवार

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आज आईतवारदेखि यो साताभरका लागि काठमाडौं भित्रका आफ्ना विभिन्न काउन्टरहरु खोल्ने भएकाे छ ।

कम्पनीले काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गतका विभिन्न काउन्टरहरु फरक फरक दिनअनुसार संचालनमा ल्याउन लागेको हो ।

ती काउन्टरहरुबाट बिहान १० बजेदेखि दिनको ३ बजेसम्म ग्राहकहरुले टेलिफोन रकम भुक्तानीलगायतका सेवा लिन सक्नेछन् ।

टेलिकमले आईतबारदेखि शुक्रबारसम्म  फरक/फरक दिनमा खुल्ने काउन्टरको तालिका समेत ट्विटरमार्फत सार्वजनिक गरेको छ ।

आज आईतबार पहिलो दिन सुन्धारा, पाटन, गोङ्गबु, ठिमी, बनेपा, त्रिशुली, रसुवा, धादिङ, मन्थली र बाह्रबिसेसहित १० वटा काउन्टर संचालन हुनेछन् ।

त्यस्तै भोली १२ गते सोमबार नक्साल, चाबहिल, छाउनी, भक्तपुर, चरिकोट, चौतारा, पाँचखाल, लुक्ला र नाम्चेस्थित जम्मा ९ वटा काउन्टरबाट कम्पनीले सेवा दिनेछ ।

जेठ १३ गते मंगलबार सुन्धारा, पाटन, गोङ्गबु, ठिमी, बनेपा, चरिकोट, चौतारा र पाँचखालका काउन्टर संचालन गरिनेछ।

टेलिकमकाअनुसार १४ गते बुधबार नक्साल, चाबहिल, छाउनी, भक्तपुर, त्रिशुली, रसुवा, धादिङ, मन्थली र बाह्रबिसेको काउन्टर खुल्ला हुने छन् ।

जेठ १५ गते बिहीबार सुन्धारा, पाटन, गोंगबु, ठिमी, बनेपा, चरिकोट, चौतारा, पाँचखाल, लुक्ला र नाम्चेको काउन्टर खुल्ला हुनेछ ।

जेठ १६ गते शुक्रबार अन्तिम दिन भने नक्साल, चाबहिल, छाउनी र भक्तपुरको मात्र काउन्टर खोलिने टेलिकमले जनाएको छ ।

प्रकाशित: ११ जेष्ठ २०७७, आईतवार

तपाइको प्रतिक्रिया