Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार
काठमाडौं ।
भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकले आफ्नो पहिलो प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
चिनियाँ कम्पनी बाइटडान्सको सोशल मिडिया प्लेटफर्म टिकटकको सिईओमा डिज्नीका स्ट्रिमिङ्ग प्रमुख केभिन मायेर नियुक्त भएका हुन् ।
उनी टिकटकका साथै मुख्य कम्पनी बाइटडान्सका समेत चिफ अपरेटिङ्ग अफिसरको रुपमा नियुक्त भएका हुन् ।
छोटा भिडियोहरु शेयर गर्न सकिने टिकटक एप अमेरिकी बजारमा लन्च भएसँगै त्यसले वृद्धिमा उछाल ल्याएको थियो ।
तर त्यसले अमेरिकामा लोकप्रियताका साथै अमेरिकी सरकारले चीनसँग सम्बन्धित भएको भन्दै छानबिन शुरुगरेपछि टिकटक विवादमा आएको हो ।
मायेर बाइटडान्सको ग्लोबल डेभलपमेन्टको लागि जिम्मेबार हुनेछ जसमा ईमर्जिङ्ग बिजनेस, गेमिङ्ग र म्यूजिक क्षेत्रहरु रहेका छन् ।
‘बाईटडान्सको नयाँ चरणको यात्रालाई नेतृत्व दिँदै सहयोग गर्न पाउँदा म उत्साहित भएको छ,’ मायेरले जारी विज्ञप्तिमा भने ।
यसअघि मायेर डिज्नीमा हुँदा उनले सन् २०१९ नोभेम्बरमा संस्थाको स्ट्रिमिङ्ग सर्भिस डिज्नी प्लस सफलतापूर्वक लन्च गरेका थिए । सो सर्भिसमा मे महिनासम्म ५ करोड ४० लाख भन्दा बढि सेवाग्राही छन् ।
मायेरले बाइटडान्समा आउँदो जून १ देखि काम शुरु गर्नेछन् । एजेन्सीका साथ
प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार