Technology Khabar ५ जेष्ठ २०७७, सोमबार
काठमाडौं ।
महिला बन प्राविधिक संजालले आफ्ना जूम वेबनारमा ‘जूमबम्बिङ्ग’ भएको जानकारी गराएको छ ।
संजालले हालै विज्ञप्ति जारी गरेर नै यहि जेठ ३ गते बेलुकी आयोजना गरिएको जूम वेबनारमा अपिरिचित आईडीबाट जूमबम्बिङ्ग गरिएको भन्दै त्यसले यौनजन्य दूव्र्यवहार गरिएको बताएको हो ।
महिला वन प्राविधिक संजालले सो वेबनारमा महिला तथा पुरुषसहित करिब २८० भन्दा बढि सहभागी भएको बेलामा अपरिचित आईडीबाट वेबिनारको होस्टले समेत नियन्त्रण गर्न नसक्नेगरि अश्लली भिडियो सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएको हो ।
सो घट्नामा महिलालाई केन्द्रित गरि अश्लील शब्दहरु प्रयोग गरिएको भन्दै महिला विरुद्धको हिंसासमेत भएको दाबी गरेको छ ।
गत शनिवार पनि जूम भिडियो कन्फ्रेन्समा आयोजित डिजिटल सम्बादमा एक आईडीबाट ह्याकरले जूमबम्बिङ्ग गरेका थिए । सो घट्नामा पनि ह्याकरले अश्लील भिडियो शेयर गरेका थिए तर होस्टले त्यसलाई पछि ब्लक गरेका थिए ।
यसअघि क्यान महासंघले आयोजना गरेकै भिडियो कन्फ्रेन्समा पनि ह्याकरले अश्लिल शब्दहरु बोलेर कन्फ्रेन्सलाई बिथोल्ने प्रयास गरेका थिए तर आयोजकले त्यस आईडीलाई ब्लक गरिदिएका थिए ।
पछिल्लो दिनहरुमा जूमलगायतका भिडियो कन्फ्रेन्सिङ्ग टूलहरुको प्रयोग गर्ने क्रम बढेसँग जूमबम्बिङ्ग हुने गरेको देखिएको छ ।
सूचना प्रविधिका एक विज्ञले भने भिडियो कन्फ्रेन्सका होस्टले सूरक्षामा ध्यान पुर्याउन नसक्दा त्यस्तो हुने बताए ।
‘जूमबम्बिङ्ग रोक्नका लागि जथाभावी मानिसहरुलाई खुलारुपमा पासवर्ड र कन्फ्रेन्सको लिंक शेयर नगर्ने र नचिनेको मानिस कन्फ्रेन्समा आएको देखिए तत्काल ब्लक गर्नुपर्दछ,’ उनले भने ।

प्रकाशित: ५ जेष्ठ २०७७, सोमबार