
काठमाडौं ।
पछिल्लो तथ्यांकअनुसार चिनियाँ स्मार्टफोन मेकर शाओमी विश्वको चौथो ठूलो ब्राण्ड बनिसकेको छ । तर अझैपनि कम्पनीले यूजर्सको डाटा चोरिरहेको भेटिएको छ ।
हालै आएको रिपोर्टअनुसार शाओमी स्मार्टफोन यूजर्सको डाटा कम्पनीले आफ्नो सर्भरमा पठाईरहेको छ।
फोर्ब्सको एक रिपोर्टअनुसार साइबर सेक्यूरिटी एनालिस्ट ग्याबी सिर्लिगले शाओमीले यूजर्सको अधिक डाटा लगिरहेको बताएका छन् । उनकाअनुसार शाओमीको वेब ब्राउजरसहित सबै एप्सले यूजसको अनुमति बिना नै मोबाइलको डाटा कपी गरेर सर्भरमा अपलोड गरिरहेका छन् ।
ग्याबीले उनीसित यो दाबीलाई प्रमाणित गर्ने पर्याप्त प्रमाणहरु भएको बताएका छन् ।
शाओमीले प्रयोगकर्ताहरुको डाटा चोरेको यो पहिलो घट्ना होईन् । यसअघि पनि यस्तो आरोप लाग्ने गर्दथ्यो भने कम्पनीले त्यसलाई खण्डन गर्दै आएको छ ।
साइबर विश्लेषकका अनुसार शाओमीको रेडमी नोट ८ स्मार्टफोनले उनले गरेका कामहरुमा ध्यान राख्ने गरेको थियो र शाओमीको भाडामा लिइृएको सर्भरमा डाटा पठाईरहेको थियो । उनको पहिचान र प्राइभेसीसँग जोडिएको डाटा स्मार्टफोन निर्माता शाओमीले लगिरहेको भेटेका थिए।
‘फोन फीचरका साथमा यो एउटा ब्याकडोर हो,’ उनले आफ्नो नयाँ रेडमी नोट ८ स्मार्टफोनको बारेमा भने।
उनले आफ्नो रेडमी नोट ८ स्मार्टफोनमा आफूले स्क्रीनमा गरेको अधिकांश विषयहरुलाई ट्र्याक गरिरहेको पत्ता लगाएका थिए । त्यसपछि सो डाटालाई अर्को चिनियाँ टेक्नोलोजी कम्पनी अलिबाबाको रिमोर्ट सर्भरहरुमा पठाईरहेको भेटेका थिए, जून सर्भर शाओमीले भाडामा लिएको थियो ।
अनुसन्धानकर्ताले उनको व्यवहारको बारेमा अत्यधिक मात्रामा ट्र्याक गरिरहेको पत्ता लगाएको थिए । त्यसैबेला अनेक प्रकारको डिभाइस डाटाहरु समेत संकलन गरिएको थियो ।
साइबर सेक्यूरिटी अनुसन्धानकर्ता ग्याबीले शाओमीको डिफल्ट ब्राउजरले उनको हरेक इन्टरनेटको गतिबिधीलाई मनिटर गरिरहेको छ । अझ उनकाअनुसार सेक्यूरिटी फोकस डकडकगो ब्राउजर प्रयोग गरे तरपनि उनको इन्टरनेटको गतिबिधी ट्र्याक गरिँदा आश्चार्यचकित भएका थिए ।
रेडमी नोट ८ को बारेमा उनले भने की यो स्मार्टफोन उनको हरेक प्रयोग व्यवहारहरु जसमा स्क्रीन जेस्चर तथा फाइल गतिबिधीहरुलाई ट्र्याक गर्दछ र यसलाई शाओमीको दुई रिमोर्ट सर्भरहरुमा पठाउन गर्दछ । यी सर्भरहरु सिंगापुर र रुसमा छन जसको दर्ता चीनमा रहेको छ ।
ग्याबी सिर्लिङ्गले रेडमी नोट ८ सहित शाओमी एमआई १०, रेडमी के २०, तथा एमआई मिक्स ३ स्मार्टफोनहरुले पनि यूजर्सको डाटाहरु लगिरहेको बताए । उनकाअनुसार ती फोनहरुमा पनि समान ब्राउजर कोड रहेको थियो ।
उता शाओमीले भने यूजर्सको सेफ्टी र प्राइभेसी प्रमुख चासोको विषय भएको बताएको । रिपोर्टकाअनुसार कम्पनीका एक प्रवक्ताले यो डाटा संकलन गरिएको स्वीकार गरेका छन् तर डाटा ट्रान्समिसन इक्रिप्सन गरिएको दाबी गरेकोछ ।
कम्पनीकाअनुसार यूजरको उत्कृष्ट अनुभवको लागि हो र कम्पनीले यो डाटाको कुनैपनि यूजरका साथ नजोडिने सुनिश्चित गरेको दाबी गरेको छ । एजेन्सीका साथ
भिडियोमा हेर्नुस यसरी हुन्छ डाटा रेकर्ड-
प्रकाशित: २१ बैशाख २०७७, आईतवार