
काठमाडौं ।
शाओमीअन्तरगतको रेडमी ब्राण्डले अप्रिल ३० तारिखमा रेडमी नोट ९ श्रृंखलामा नयाँ स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ।
शाओमीले हालै यस श्रृंखलामा नयाँ स्मार्टफोन थप्न लागेको सोशल मिडियामार्फत घोषणा गरेको छ। चिनियाँ कम्पनीको यो नयाँ स्मार्टफोन रेडमी नोट ९ हुनसक्नेछ, जुन गत महिना रेडमी नोट९ प्रो र रेडमी नोट ९ प्रो म्याक्सको साथ लन्च हुने अनुमान गरिएको थियो तर त्यस समयमा यो घोषणा गरिएको थिएन।
त्यस्ता हल्लाहरू पनि छन् कि रेडमी नोट ९ चीनमा रेडमी १० एक्सको रूपमा आउन सक्छ। हालसालै, शाओमीले रेडमी नोट ९ एस लन्च गरेर रेडमी नोट ९ सिरिज विस्तार गरेको थियो र अब कम्पनीले फेरि यो श्रृंखलालाई विस्तार गर्न गइरहेको छ।
ट्विटरमा पोष्ट गरिएको टिजर तस्वीरका अनुसार, शाओमीले अप्रिल ३० मा आफ्नो नयाँ रेडमी नोट सिरिज फोन सार्वजनिक गर्न लागेको छ। कम्पनीले फोन ८बजे जीएमटी अर्थात नेपाली समयअनुसार करिब ५ः४५ बजे बेलुका लन्च गर्ने छ। सो लन्च कार्यक्रम अनलाइनमार्फत हुनेछ भने यो ट्विटर र युट्यूबमा प्रत्यक्ष प्रसारण हुनेछ।
The legend of #RedmiNoteSeries continues!
Get ready to meet the newest members of #RedmiNote9Series as well as other great Xiaomi products! #NoMiWithoutYou pic.twitter.com/iWpxwDgCWm
— Xiaomi (@Xiaomi) April 24, 2020
आधिकारिक टीजरले फोनको बारेमा कुनै जानकारी प्रदान गर्दैन, तर यसमा लेखिएको अंग्रेजीको ‘९’ ले सम्भावित रेडमी नोट ९ स्मार्टफोनलाई संकेत गर्दछ।
प्रकाशित: १४ बैशाख २०७७, आईतवार