
काठमाडौं ।
इन्स्टान्ट मेसेजिङ्ग सर्भिस टेलिग्रामका सक्रिय मासिक प्रयोगकर्ताहरु ४० करोड नाघेका छन् । सात वर्ष पुरानो सर्भिस कम्पनीले गएको अक्टोबरमा ३० करोड सक्रिय प्रयोगकर्ता रहेको जानकारी दिएको थियो, जून अहिले भने ४० करोड पुगेको हो ।
कम्पनीका संस्थापक पाभेल डुरोभले प्रत्येक दिन १५ लाख यूजरहरु थप गरिएको बताएँदै २० देशहरुमा सबैभन्दा धेरै डाउनलोड हुने सोशल मिडिया एप भएको बताए ।
टेलिग्रामले जूम र हाउसपार्टिहरुको लोकप्रियतालाई हेर्दै यो वर्ष नै आफ्ना ग्राहकहरुका लागि सुरक्षित भिडियो कल फीचर ल्याउन काम गरिरहेको छ । कम्पनीले ग्राम क्रिप्टोकरेन्सी वालेट र टिओएन ब्लकचेनको बारेमा भने जानकारी दिएको छैन् ।
कम्पनीले आफ्नो ब्लग पोस्टमा पुराना प्रतिस्पर्धी कम्पनीहरु र टेलिग्रामबिचको प्रतिस्पर्धा निकै कम रहेको बताएको छ ।
टेलिग्रामले अन्य मेसेजिङ्ग सर्भिसहरुसँग प्रतिस्पर्धा गरिरहेको छ, जसमा ह्वाट्सएप पनि पर्दछ । ह्वाट्सएपका विश्वभर २ अर्ब यूजर्स रहेका छन् ।
इन्स्टान्ट मेसेजिङ्ग सर्भिस टेलिग्रामले २० हजार भन्दा धेरै स्टीकरहरु समेत ल्याएको छ भने एन्ड्रोयडमा नयाँ अट्याचमेन्ट मेनू राखेको छ ।
कम्पनीले विद्यार्थीहरुको लागि एजुकेसनल टेस्टहरुको डाटाबेस बनाउने योजना लिएको छ र त्यस्ता टेस्टहरु बनाउनेहरुलाई ४ लाख यूरो बितरण गर्ने योजना छ । एजेन्सी
प्रकाशित: १४ बैशाख २०७७, आईतवार