Technology Khabar ११ बैशाख २०७७, बिहीबार
काठमाडौं ।
कोभिड १९ महामारीले गर्दा विश्वका विभिन्न देशहरुमा लकडाउनको अवस्था रहेको छ । जसले गर्दा ठूला जमघट हुने कार्यक्रमहरु लगातार स्थगित हुँदै आएका छन् । यसैमध्ये जर्मनीको बर्लिनमा हुने आईएफए २०२० इभेन्ट पनि स्थगित भएको छ ।
विश्वको ठूलो कन्जुमर इलेक्ट्रोनिक्स व्यापार शो मध्येको एक आईएफए २०२० कोरोनाभाइरसको महामारीको शिकार भएको छ । यो इभेन्ट यहि सन् २०२० को सेप्टेम्बर ४ तारिखदेखि ९ तारिखसम्म आयोजना हुने मिति तोकिएको थियो ।
इभेन्ट आयोजकले अब यो शोलाई वैकल्पिक तरिकाले गर्ने तयारी गरेकोछ ।
जर्मनीमा सरकारले अक्टोबर २४सम्म ५ हजार भन्दा बढि मानिसहरु जमघट हुने इभेन्टहरु गर्न प्रतिबन्ध लगाएको हुँदा आयोजकले भौतिक कार्यक्रम नगरि अन्य वैकल्पिक उपायहरुसहित गर्ने तयारी गरेको हो ।
यो कार्यक्रमका आयोजकहरु जीएफयू र मेसे बर्लिनले यसको विकल्पहरुका बारेमा यसअघि देखि नै तयारी गरिएको बताएका छन् ।
उनीहरुले यो इभेन्ट पूर्णरुपमा स्थगित नभएको तर त्यसको विकल्प के हुन्छ भनेर छलफल गरिरहेको बताएका छन् । जसलाई उनीहरुले इनोभेटिभ न्यू कन्सेप्टको रुपमा ल्याउने जानकारी दिएका छन् । एजेन्सी
प्रकाशित: ११ बैशाख २०७७, बिहीबार