अश्लिल सामाग्री भएका साइटहरुमा पहुँच नपुग्ने व्यवस्था गर्न दूरसंचार प्राधिकरणको निर्देशन

  • Technology Khabar | २७ चैत्र २०७६, बिहीबार
अश्लिल सामाग्री भएका साइटहरुमा पहुँच नपुग्ने व्यवस्था गर्न दूरसंचार प्राधिकरणको निर्देशन

काठमाडौं ।

नेपाल दूरसंचार प्राधिकरणले सबै दूरसंचार सेवा प्रदायकहरुलाई अश्लिल सामाग्रीहरु भएका साइटहरुमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ ।

प्राधिकरणले सबै दूरसंचार सेवा प्रदायकहरुलाई लकडाउनको अवस्थामा इन्टरनेटको माध्यमबाट हुने अश्लिल सामाग्रीहरु भएका साइटहरुसम्मको पहुँच रोक्न भनेको हो ।

प्राधिकरणले बालबालिका विरुद्ध हुनसक्ने अनलाइन दूर्व्यवहार रोक्न तथा सुरक्षित इन्टरनेट सेवा प्रवाहको लागि त्यस्ता साइटहरुलाइ रोक्न सूचना जारी गरेकोछ ।

‘यस्तो लकडाउनको अवस्था तथा अन्य अवस्थामा समेत इन्टरनेटको माध्यमबाट बालबालिका विरुद्ध हुन सक्ने अनलाईन दुर्व्यवहार रोक्न तथा सुरक्षित इन्टरनेट सेवा प्रवाह हुने व्यवस्था गर्न अश्लिल (चलचित्र तथा तस्वीर लगायत) सामग्रीहरु भएका साइटहरु (URL, IP Address लगायत) मा पहुँच नपुग्ने व्यवस्था गर्न अनुरोध गरिन्छ,’ प्राधिकरणको सूचनामा भनिएको छ ।

प्रकाशित: २७ चैत्र २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...