अफिस ३६५ अब माइक्रोसफ्ट ३६५ भयो, नयाँ नामका साथै नयाँ फीचरहरु समावेश

  • Technology Khabar | १९ चैत्र २०७६, बुधबार
अफिस ३६५ अब माइक्रोसफ्ट ३६५ भयो, नयाँ नामका साथै नयाँ फीचरहरु समावेश

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो अफिस ३६५ को ब्राण्ड नाम परिवर्तन गरेर पुरै अपग्रेडका साथमा माइक्रोसफ्ट ३६५ सार्वजनिक गर्ने घोषणा गरेको छ ।

कम्पनीले यसमा ग्राहकहरुका लागि पर्सनल र होम सब्सक्रिप्सनको सुविधा ल्याएको छ । जसअन्तरगत पर्सनलका लागि मासिक ६.९९ अमेरिकी डलर एक जनाको लागि तोकिएको छ भने होम यूज अन्तरगत ६ जनासम्मले प्रयोग गर्न सक्नेगरी ९.९९ अमेरिकी डलर मासिक शुल्क तोकिएको छ ।

दुबै अप्सनहरुमा अफिसमा पहुँच हुनेछ भने नयाँ फीचरहरु आगामी महिनाहरुमा लन्च गरिनेछ । यदि तपाईँ पहिले नै अफिस ३६५ को यूजर हो भने तपाईँले पनि आफूलाई माइक्रोसफ्ट ३६५ मा अपग्रेड गर्न सक्नुहुनेछ ।

कम्पनीले नयाँ नामका साथै नयाा फीचरहरु पनि राखेको छ । जसमा आर्टिफिसियल इन्टेलिजेन्स माइक्रोसफ्ट ईडिटर रहेको छ जसले वर्ड, आउटलुक, इमेल र वेबब्राउजर ह्याण्डल गर्दछ । त्यसैगरि पावरप्वाइन्ट र एक्सेलमा पनि नयाँ फीचरहरु थप गरिएको छ ।

माइक्रोसफ्ट ३६५ मा आगामी दिनमा माइक्रोसफ्ट फ्यामिली सेफ्टी एप र माइक्रोसफ्ट टिम्समा पनि नयाँ फीचर आउनेछ ।

कम्पनीले यसलाई औपचारिकरुपमा अप्रिल २१ मा सार्वजनिक गर्नेछ ।

प्रकाशित: १९ चैत्र २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार