एनसेलले पुँजीगत लाभकर बापत तिर्यो ४ अर्ब ६० करोड रुपैयाँ, अझै साढे १४ अर्ब रुपैयाँ बाँकी

  • Technology Khabar | १८ चैत्र २०७६, मंगलवार
एनसेलले पुँजीगत लाभकर बापत तिर्यो ४ अर्ब ६० करोड रुपैयाँ, अझै साढे १४ अर्ब रुपैयाँ बाँकी
फाइल

काठमाडौं ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकर बापत ठूला करदाता कार्यालयमा ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। कम्पनीले मंगलबार नै सो करको रकम दाखिला गरेको हो ।

अहिले बुझाएको ४ अर्ब ६० करोड रुपैयाँसहित एनसेलले पुँजीगत लाभकरवापत अहिलेसम्म ३३ अर्ब रुपैयाँ हाराहारी रकम सरकारलाई बुझाईसकेको छ।

यसअघि पनि एनसेलले पहिलो किस्ताको रुपमा ४ अर्ब ५० करोड रुपैयाँ दाखिला गरेको थियो ।

ठूला करदाताले एनसेललाई १२ औं पटकको बिक्रीको पूँजीगत लाभकर बापत २४ अर्ब रुपैयाँ कर निर्धारण गरेको थियो जसअन्तरगत कम्पनीले सो रकम किस्तामा तिर्न माग गर्दै पहिलो किस्तामा ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको थियो ।

एनसेलले किस्तामा बुझाउन माग गरेको भएपनि सो बारेमा निर्णय नगरिएको तत्कालिन समयमा ठूला करदाता कार्यालयका प्रमुख प्रशासक झलकराम अधिकारीले जानकारी दिएका थिए ।

दूरसंचार प्राधिकरणको पत्र बारे ठूला करदाता कार्यालयको जवाफ, एनसेलले लग्ला त फ्रिक्वेन्सी ?

कम्पनीले यसअघि ५ वर्षेमा तिर्नेगरि किस्ताको माग गरेको थियो तर कार्यालयले भने आगामी असार मसान्तभित्रै तिर्नेगरि व्यवस्था गर्न निर्देशन दिएको थियो ।

यसअघि एनसेलले करको रकम तिर्नका लागि विभिन्न बै‌कहरुसँग ऋण माग गरिरहेको क्यापिटल नेपालको रिपोर्टमा उल्लेख गरिएको थियो । सो रिपोर्टकाअनुसार नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा एनसेललाई २० अर्ब रुपैयाँ ऋण दिने तयारी भएको थियो ।

अहिलेको ४ अर्ब ६० करोड रकम तिरेसँगै अब एनसेलले करिब साढे १४ अर्ब रुपैयाँ तिर्न बाँकी भएको छ ।

यो पनि हेर्नुस्-

१८०० मेगाहर्ज ब्याण्डमा ‘फ्रिक्वेन्सी रिफ्रेमिंग’ गरियो, एनसेलले पायो २० मेगाहर्जको एउटै ‘ढिक्का’

प्रकाशित: १८ चैत्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार