
काठमाडौं ।
कोरोनाभाइरसले विश्वभर महामारीको रुप लिईसकेको छ । यसैका बिच मेसेजिङ्ग प्लाटफर्म ह्वाट्सएपमा पनि विभिन्न भ्रामक र अनावश्यक जानकारीहरु शेयर हुँदै आएको छ । कम्पनीले त्यस्ता भ्रामक सुचनाहरुलाई रोक्ने निकै प्रयास गरिरहेको छ ।
यहि बिचमा कम्पनीले केहि देशहरुमा प्रयोगकर्ताको स्ट्याटस फंगसनलाई अस्थाईरुपमा रोक लगाईसकेको छ ।
२ अर्ब भन्दा बढि मानिसहरुले प्रयोग गर्ने ह्वाट्सएप विश्वकै लोकप्रिय मेसेजिङ्ग एप हो । हालसम्म यसमा कुनै समस्या आएको छैन् । पछिल्लो दिनमा ह्वाटसएपमा यूजर्सहरु निकै बढिरहेका छन भने प्रयोगको दरपनि उच्च रहँदै आएको कम्पनीले भनेको छ ।
अब भने कम्पनीले ह्वाट्सएपमा भिडियोलाई सिमित गर्ने प्रयास गरेकोछ। फेसबुकको अधिनमा रहेको ह्वाट्सएपमा हुने दबाब र कार्यलाई सहज बनाउन कम्पनीले यस्तो गरेको उल्लेख गरेको छ ।
ह्वाट्सएपले अबदेखि १६ सेकेण्डभन्दा लामो भिडियो पठाउन नसकिने गरि सिमित गरेको छ। यसको अर्थ अब तपाईँले १५ सेकेण्डसम्मको भिडियो भने पठाउन वा शेयर गर्न अनुमति पाउनुहुन्छ ।
‘यो नयाँ नियम भारतमा शुरु भईसकेको छ र यसले सर्भर पूर्वाधारहरुमा हुने ट्राफिक घटाउन सहयोग गर्नेछ,’ ह्वाट्सएपले भनेको छ ।
यसअघि ह्वाट्सएपमा भिडियोको अवधि ३० सेकेण्डसम्म गरिएको थियो ।
प्रकाशित: १८ चैत्र २०७६, मंगलवार