
काठमाडौं ।
कोरोनाभाइरस (कोभिड १९) सम्बन्धि जानकारी दिने र सचेत पार्ने उद्धेश्यले सरकारले हालै नयाँ एप लन्च गरेको छ ।
हाल यो हाम्रो स्वास्थ्य एपको एपिके मात्र डाउनलोड गर्न सकिनेछ भने पछि यो गूगल प्ले स्टोरमा उपलब्ध हुनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो एपमार्फत कोरोना भाइरसबाट संक्रमित व्यक्तिको पहिचान गर्न सकिनेछ भने त्यस्ता व्यक्तिको नजिक रहेका अस्पतालहरु समेत खोज्न सकिने छ ।
मन्त्रालयले सार्वजनिक गरेको हाम्रो स्वास्थ्य एपमा कोरोनाको उपचार गर्न बनाईएको आइसोलेसन सेन्टरहरु र अस्पतालहरुको बारेमा पुरै जानकारी राखिएको छ ।
यसैगरी सो एपले कोरोना भाइरसको बारेमा सबै किसिमका जानकारी, लक्षणको पहिचानलगायतका सम्पूर्ण बिबरणहरु दिनेछ । त्यसैगरि एपबाटै मन्त्रालयको सम्पूर्ण आधिकारीक जानकारीहरु समेत यसमा राखिने मन्त्रालयले जानकारी दिएको छ ।
एपबाटै कतिवटा कोभिड-१९ को नमूनाहरु संकलन परिक्षण र रिजल्ट बारे जानकारीहरु राखिने छ ।
मन्त्रालयको यो एप मन्त्रालयको वेबसाइट https://covid19.mohp.gov.np/#/ बाट मात्र डाउनलोड गर्न सकिनेछ भने गूगल प्ले स्टोरमा पछि मात्रै उपलब्ध हुनेछ। मन्त्रालयको हाम्रो स्वास्थ्य एप एप्पलको लागि आउँछ वा आउँदैन भन्ने कुनै जानकारी छैन् ।
यसैबिचमा मन्त्रालयले हिजैदेखि थप हन्टिङ्ग लाइनको व्यवस्था गरेको छ । टोल फ्री फोन नम्बरमा नयाँ ११३३ नम्बर थप गरिएको छ । यसअघिदेखि नै मन्त्रालयले १११५ नम्बरबाट कोभिड-१९ सम्बन्धि जानकारीहरु दिँदै आएको छ भने यी टेलिफोन नम्बरहरु २४ सै घण्टा संचालन गर्ने र चिकित्सकको सेवा पनि राख्ने तयारी भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका थिए ।
प्रकाशित: १६ चैत्र २०७६, आईतवार