कोभिड-१९ले विश्वका अर्बपतिहरुको डुब्यो अर्बौं रुपैयाँ, टेक कम्पनीका मालिकहरु अधिक प्रभावित

  • Technology Khabar | २७ फाल्गुन २०७६, मंगलवार
कोभिड-१९ले विश्वका अर्बपतिहरुको डुब्यो अर्बौं रुपैयाँ, टेक कम्पनीका मालिकहरु अधिक प्रभावित

काठमाडौं ।

कच्चा तेलको मुल्यमा आएको ठुलो गिरावट र कोरोना भाइरस (कोभिड–१९) को कारणले हाल विश्वभारको इक्विटी मार्केटमा भारी गिरावट देखिएको छ । इक्विटी मार्केटमा भएको यस्तो गिरावटले विश्वका अर्बपतिहरुको अवस्थालाई निकै खराव गरेको छ ।

गएको केहि दिनहरुमा शेयर बजारमा आएको ठुलो गिरावटका कारण विश्वका अर्बपतिहरुको सम्पत्तिमा निकै कमि आएको हो । यसमा सबैभन्दा बढि टेक कम्पनीका लगानीकर्ता तथा मालिकहरु प्रभावित भएका छन भने उनीहरुको सम्पत्तीमा उच्च कमी आएको छ ।

यसरी प्रभावित हुने यस लिस्टमा विश्वका सबैभन्दा धनि व्यक्ति जेफ बेजोस देखि लिएर बिल गेट्स जस्ता हस्तिहरु पनि रहेका छन । इकमर्श कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको कुल सम्पत्तीमा गएको दिनको कारोवार पछि ४.५ अर्ब डलरले कमी आएको छ । यस्तै माईक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पत्तीमा पनि ३.५ अर्ब डलरको गिरावट भएको छ ।

यसैकारण हाल जेफ बेजोसको कुल नेटवर्थ घटेर ११२ अर्ब डलरमा आएको छ । त्यस्तै बिल गेट्सको पनि कुल नेटवर्थ घटेर १०४ अर्ब डलरमा आएको छ । अलिबाबाका संस्थापक ज्याक माको सम्पत्तीमा पनि १ अर्ब डलरले कमी आएको छ ।

यसबाहेक फ्रान्सका मुगलका नामले चिनिले बर्नार्ड अरनल्ट, ठुला लगानीकर्ता तथा बर्कशायर ह्याथवेका मालिक वारेन बफेट, फ्रान्सका बिजनेशम्यान फ्रान्कोइस पिनाल्ट, टेन्सेन्टका पोनी मा, फेसबुकका मालिक मार्क जुकरबर्ग भारतीय अर्बपति तथा एशियाका सबैभन्दा धनी मुकेश अम्बानीलगायतका अर्बपतिहरुको सम्पतीमा पनि सोमवार ठुलो गिरावट देखिएको हो ।

मुकेश अम्बानीको सम्पत्तीमा आएको कमीले गर्दा अलिबाबाका संस्थापक ज्याक मा फेरी एशियाका धनी व्यक्ति भएका छन् ।

सोमबार विश्वका कयौ प्रमुश शेयर बजारहरुमा भारी गिरावट देखिएको हो । कोरोनाभाइरसको कारणले जापानको निक्केई मा ५.०७ प्रतिशत, हंगकंगको हेन्ग सेन्ग मा ३.५५ प्रतिशत, शंघाई कम्पोजिटमा २.७६ प्रतिशत गिरावट देखिएको थियो । भारतको शेयर बजार समेत सोमवार डिसेम्वर २०१८ पछिको सबैभन्दा तल्लो स्तरमा पुगेको थियो । एजेन्सी

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार