भारतमा मोबाइल इन्टरनेटको लागी न्युनतम शुल्क तय गर्न सुझाब

  • Technology Khabar | २७ फाल्गुन २०७६, मंगलवार
भारतमा मोबाइल इन्टरनेटको लागी न्युनतम शुल्क तय गर्न सुझाब

काठमाडौं ।

भारतको मोबाइल सेवा प्रदायकहरुको संगठन सीओएआईले मोबाइल डाटा सेवाहरुको मुल्यको लागी न्युनतम दर तय गर्ने वकालत गरिरहेको छ।

सेल्युलर अपरेटर एसोसिएशन अफ इन्डिया (सीओएआई) ले दूरसञ्चार नियामक निकाय ( ट्राई) सँग तय गरिने न्युनतम मुल्य समानरुपमा सबै श्रेणीका ग्राहकहरुलाई तथा सबै प्रकारको शुल्क योजनाहरुको समानरुपमा लागू हुनु पर्ने बताएको छ ।

सीओएआईले भारतमा डाटा सेवाहरुको लागी न्युनतम मूल्य तय गर्न आवश्यक रहेका तर फोन कलमा त्यस्तो दर कायम गर्न आवश्यक नरहेको बताएको हो । सीओएआईले मूल्यदरमा हाल वृद्धि भएपनि न्युनतम मूल्य निर्धारणले टेलिकम कम्पनीहरुको न्युनतम आयको ग्यारेन्टी गर्ने र यस क्षेत्र व्यवहारिक बन्ने तथा यसको आयमा वृद्धि हुनसक्ने बताएको हो ।

सीओएआईले टेलिकम सेवाको शुल्क सम्वन्धि ट्राईलाई बुझाएको ज्ञापन पत्रमा मोबाइल डाटा सेवाहरुको न्युनतम मूल्य निर्धारण गर्न आवश्यक रहेको उल्लेख गरेको छ । यद्पी संगठनले न्युनतम मूल्य कति हुनु पर्दछ भन्ने कुराबारेमा भने केहि जनाएको छैन । संगठनले यसको आंकलन र सुझावको दिने जिम्मा अपरेटरहरुलाई छोडेको हो । सीओएआईको यस्तो धारणा हाल टेलिकम कम्पनीहरुले भारत सरकारलाई एजीआर बक्यौता बुझाउनु पर्ने मुद्धा चलिरहेको बेला आएको हो ।

जियोले ट्राईसँग १ जीबी डाटाको २० भारु बनाउने बारेमा परामर्श गर्दै हाल भारतमा भ्वाइस ट्यारिफ ठिक स्तरमा रहेको बताएको छ । जियोले डाटा फ्लोर प्राइसको प्रभाव व्यापक हुने र यसले मानिसहरुमा पनि असर गर्ने तथा यसलाई लागु गर्न पनि मुश्किल हुने बताएको हो । जियोको यस्तो प्रतिकृया ट्राईले जारी गरेको ट्यारिफ इस्यु इन टेलिकम सर्भिसेज कन्सल्टिंग पेपरमा दिएको हो ।

कम्पनीका अनुसार भारतीय ग्राहक प्राइस सेन्सेटिभ रहेको र टार्गेट फ्लोर प्राइस लाई तीन/चार चरणमा लागू गर्नाले यसको प्रभाव कम हुने छ ।

जियाले डाटामुल्यलाई थोरै थोरै गरि वृद्धि गर्नुपर्ने बताएको हो । कम्पनीले यस्तो गरेमा आउँदो ६ महिना देखि ९ महिनामा भारतमा २० रुपैया प्रति जीबी हुने जनाएको हो । एजेन्सी

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार