काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी ब्ल्याक शार्कले आफ्ना नयाँ स्मार्टफोन ब्ल्याक शार्क ३ सिरिज लन्च गरेको छ । ब्ल्याक शार्क ३ स्मार्टफोनमा चिपसेटको रुपमा क्वालकमको स्न्यापड्रयागन ८६५ प्रोसेसर राखिएको छ । यो एक लेटेस्ट र निकै पावरफुल प्रोससर हो ।
यसमा ६.६७ इन्चको ९० हर्ज रिफ्रेश रेट रहेको क्युएचडि प्लस डिस्प्ले राखिएको छ।
यस स्मार्टफोनमा पावरको लागी ५,००० एमएएचको ब्याट्री छ भने ६५ वाटको फास्ट चार्जिंग सर्पोट रहेको छ, जसको सहयोगमा फोनलाई केवल ३८ मिनेटमा नै फुल चार्ज गर्न सकिन्छ।
यस स्मार्टफोनमा तीन रियर क्यामेरा छन्। यसमा प्राइमरी क्यामरा ६४ मेगापिक्सेल, १३ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर र ५ मेगापिक्सेल गहिराई सेन्सर छ।
यसैगरि कम्पनीले ब्ल्याक शार्क ३ प्रो पनि लन्च गरेको छ । सो फोनमा पनि क्वालकमको स्न्यापड्रयागन ८६५ प्रोसेसर राखिएको छ । यसको डिस्प्ले ७.१ इन्चको ९० हर्ज रिफ्रेश रेट रहेको क्युएचडि प्लस हो । यसमा अधिकांश स्पेक ब्ल्याक शार्क ३ को जस्तै रहेको छ ।
यसमा नयाँ पप अप ट्रिगर दिईएको छ । यी दुबै फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । हाल चीनमा मात्र लन्च भएको यो फोन लाइटनिंग ब्ल्याक, आर्मर ग्रे र स्टार सिल्वर कलर अप्सनमा आउँछ । प्रो मोडल भने फ्यान्टम ब्ल्याक र आर्मर ग्रे कलर अप्सनमा लन्च गरिएको छ ।
चीनमा यी स्मार्टफोनहरूको बिक्री मार्च ६ देखि सुरू हुनेछ। ब्ल्याक सार्क ३ को शुरुवात मूल्य ४,४३४ चिनियाँ यूआन तोकिएको छ, यो मूल्य ८ जीबी र्याम र १२8 जीबी मेमोरी भेरियन्टका लागि हो। ब्ल्याक शार्क प्रोको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४, ६९९ यूआन रहेको छ ।
प्रकाशित: २२ फाल्गुन २०७६, बिहीबार