
काठमाडौं ।
काठमाडौं । भारतीय अपरेटर भोडाफोन आइडियाले भारती इन्फ्राटेल र इण्डस टावर्सबिचको मर्जरलाई दूरसंचार विभागले अनुमति दिएको बताएको छ ।
भोडाफोन आइडियाको ११.१५ प्रतिशत शेयर इण्डसमा रहेको छ । र अहिलेको मर्जर सम्पन्न गर्न दुबै पक्षले २४ अप्रिलसम्मको समयावधि थप गरेका छन् ।
भोडाफोन आइडियाले नगदका लागि इण्डसमा रहेको ११.१५ प्रतिशत इक्यूटी शेयरलाई मनिटाइज गर्ने अधिकार रहेको बताएको छ ।
भोडाफोनले इण्डसलाई भारती इन्फ्राटेलसँग मर्जर गर्न सन् २०१९ अप्रिल २५ मा घोषणा गरेको थियो । तर उनीहरुले दूरसंचार विकास र अन्य नियमनकारी निकायहरुको अनुमति कुरिरहेका थिए ।
यो मर्जरसँगै चीनभन्दा बाहिर विश्वको सबैभन्दा ठूलो टावर कम्पनी सिर्जना हुनेछ जससँग १ लाख ६३ हजार टावरहरु भारतभरका २२ टेलिकम सर्भिसहरुको संचालन गर्नेछ ।
प्रकाशित: १८ फाल्गुन २०७६, आईतवार