विन्डोज १० मा आजदेखि फेसबुकको एपले काम नगर्ने, वेब ब्राउजरबाट चलाउन सकिने

  • Technology Khabar | १६ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । विन्डोज १० को लागी फेसबुकले निकै पहिले आफ्नो एप लन्च गरेको थियो । तर अब यो प्रयोगकर्ताहरुका लागी विन्डोज १० मा उपलब्ध नहुने भएको छ ।

यसअघि नै फेसबुकले दिएको जानकारीअनुसार २८ फरवरी अर्थात आजदेखि फेसबुक एपले विन्डोज १० मा काम गर्न बन्द गर्ने उल्लेख गरिएको छ ।

यदि फेसबुक प्रयोगकर्ताहरुले विन्डोज १० कम्प्युटरको वेब ब्राउजरबाट फेसबुक प्रयोग गरिरहेको भए उनिहरुलाई भने कुनै सम्मस्या रहने छैन । अब प्रयोगकर्ताले फेसबुकको सबै फीचरहरु विन्डोज १० कम्प्युटरको वेब ब्राउजरबाट पाउन सक्दछन् ।

फेसबुकले प्रयोगकर्ताहरुलाई बेस्ट एक्सपेरिएन्सको लागी विन्डोज एजसहित अन्य ब्राउजरका लेटेस्ट र अपडेटेड भर्जन प्रयोग गर्न भनेको छ ।

फेसबुकले पहिले नै विन्डोज १० को लागी आफ्नो एप लन्च गरेको भएतापनि यसको प्रयोग कमै फेसबुक प्रयोगकर्ताहरुले गर्ने गर्दथे । फेसबुकको विन्डोज १० मा रहेको रेटिंगको कुरा गर्दा यसले ३.३ रेटिंग पाएको थियो । त्यस्तै यसको रिभ्युज पनि १,१२६ मात्रै रहेको छ ।

यसअघि नै आएको एक रिर्पोटअनुसार फेसबुकले एक यूजरलाई म्यासेजमा यूजरले विन्डोज डेक्सटप एप प्रयोग गर्ने भए २८ फरवरी २०२० बाट यो एप बन्द हुने र यसका लागी सतर्क रहन भनेको थियो । त्यस्तै फेसबुकले वेब ब्राउजरबाट फेसबुक एक्सेस गर्न सकिने पनि यस म्यासेजमा बताएको थियो ।

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार