शाओमीको रेडमी के२० प्रो पबजी गेमिंग इभेन्ट सम्पन्न, बिजेताले टिमले पायो ५० हजार नगद

  • Technology Khabar | १५ फाल्गुन २०७६, बिहीबार
शाओमीको रेडमी के२० प्रो पबजी गेमिंग इभेन्ट सम्पन्न, बिजेताले टिमले पायो ५० हजार नगद

काठमाडौं ।

काठमाडौं । शाओमी नेपालले स्मार्टफोनमा गेमिङ्ग अनुभव दिलाउनका लागि हालै पबजी गेमको प्रतियोगिता आयोजना गरेको छ ।

शाओमीले फागुन १० गते आयोजना गरेको पबजी गेमिंग इभेन्टमा १६० जना गेमर सहभागी रहेका थिए भने प्रत्येक टिममा ४ जना रहेका थिए । फाइनल राउण्डका लागि १६ वटा टिमहरु सहभागी रहेको कम्पनीले जानकारी दिएको छ ।

सो पबजी गेममा बिजेता टिमले ५० हजार रुपैयाँ नगद र १२ महिनाको लागि भायनेटको २० एमबिपिएसको इन्टरनेट प्राप्त गरेको छ ।

त्यसैगरि दोस्रो हुने टिमले ३० हजार रुपैयाँ र ६ महिनाको लागि भायनेटको २० एमबिपिएसको इन्टरनेट प्राप्त गरेको छ । तेस्रो टिमले २० हजार रुपैयाँ नगद र ३ महिनाको लागि भायनेटको २० एमबिपिएसको इन्टरनेट प्राप्त गरेको छ ।

चौथो र पाँचौं हुने टिमले १२ महिनाको लागि भायनेटको २० एमबिपिएसको इन्टरनेट प्राप्त गरेको छ आयोजकले जानकारी दिएको छ ।

प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...