Technology Khabar २६ माघ २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । एप्पलले आफ्ना पुराना आइफोन मोडलहरुलाई प्रयोगकर्ताहरुको जानकारी बिना नै सुस्त बनाएको आरोपमा २७ मिलियन डलर जरिवाना तिर्नुपर्ने भएको छ । कम्पनीले फ्रान्सको सरकारलाई सो रकम बराबर जरिवाना तिर्नुपर्ने भएको हो ।
फ्रान्सको कम्पिटिसन एण्ड फ्रड वाचडक डिजीसिसिआरएफले प्रयोगकर्ताहरुलाई सो बारेमा पूर्व चेतावनी जारी गरिएको बताएको छ ।
सन् २०१७ मा एप्पलले केहि पुराना मोडलका आइफोनहरुलाई स्लो डाउन गरेको स्वीकार गरेको थियो तर कम्पनीले डिभाइसहरुको लाइफलाई सुरक्षित बनाउन गरिएको दाबी गरेको थियो ।
एप्पलले सो विषयमा फ्रान्सेली वाचडग संस्थासँग बसेर समाधान गरिएको बताएको छ ।
फ्रेन्च संस्थाले सो विषयमा आइओएस १०.२.१ र ११.२ तत्कालिन समयमा अपडेट गर्दा सूचित नगरिएको र त्यसले उनीहरुको डिभाइस स्लो बनाएको बताएको छ ।
सम्झौताअन्तरगत एप्पलले आफ्नो फ्रान्सेली भाषाको साइटमा एक महिनासम्म नोटिस देखाउनुपर्नेछ । त्यसैगरि एप्पलले व्यवसायीक प्राक्टिसको भ्रमपूर्ण अवराध गरेको बताएको छ ।
सन् २०१७ मा एप्पलले पुराना मोडलका आइफोनहरु स्लो बनाएको स्वीकार गरेको थियो । जसमा कम्पनीले नयाँ मोडल लन्च गरेपछि अपग्रेड गर्न उत्साहित गराउन सो गरिएको बताएको थियो ।
एप्पलले अहिले पनि पुराना मोडलका आइफोनहरु जसमा आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस प्लस, आइफोन सेभेन र सेभेन प्लस, आइफोन ८ र ८ प्लस, आइफोन एक्स, आइफोन एक्सएस, एक्सएसम्याक्स र एक्सआरलगायतलाई स्लो बनाएको छ । एजेन्सी
प्रकाशित: २६ माघ २०७६, आईतवार