१७ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पुरा

Technology Khabar ९ मंसिर २०७६, सोमबार

काठमाडौं ।

काठमाडौँ । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी मङ्सिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने मेलाको सम्पूर्ण तयारी पुरा भएको हो ।

महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको मेलाको तयारी पुरा भएको जनाएको छ ।

मेलामा नेपाली उद्यमी व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायीक सम्बन्ध विकास गर्नु, नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागीता गर्ने, व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न मेला आयोजना गरिएको मेलाका महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए ।

गतवर्ष भन्दा यसवर्ष मेलामा नेपाली छालाजन्य जुत्ताको प्रदर्शनसमेत गर्न लागिएको छ । सोको लागि छुट्टै डोमको व्यवस्था पनि गर्न लागिएको अध्यक्ष शाक्यले बताए । साथै उनले नेपाली हस्तकला वस्तुहरुको स्थानीय बजारको साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ता एवं उपभोक्ताको चाहना बमोजिम वस्तु विकास गर्ने, स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिईयो ।

मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा विभिन्न जिल्लामा उत्पादित हस्तकला प्रदर्शनमा राखिनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् ।

नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् ।

प्रकाशित: ९ मंसिर २०७६, सोमबार

तपाइको प्रतिक्रिया