
काठमाडौं ।
काठमाडौं । अमेरिकाको फेडरल कम्यूनिकेसन्स कमिसन(एफसीसी) ले वाईफाई र न्यू भेहिकल कम्यूनिकेसन्सको लागि ५.९ गीगाहर्ज ब्याण्ड खुला गर्ने विषयमा आगामी महिना भोटिंग गर्ने भएको छ ।
आगामी डिसेम्बर महिनामा हुने एफसीसीको बैठकमा अध्यक्ष अजित पाईले लाइसेन्स आवश्यक नपर्ने वाईफाईका लागि ४५ मेगाहर्जमा ब्याण्डको न्यून भाग निश्चित फ्रिक्वेन्सी र सेलुलर भेहिकरदेखि हरेक सेवाहरुको लागि माथिल्लो २० मेगाहर्ज खुला गर्न प्रस्ताव गर्नेछन् ।
यो ब्याण्ड पहिलो पटक सन् १९९९ मा डेडिकेटेड सर्ट रेन्ज कम्यूनिकेसन्स भन्ने सर्भिसको लागि निर्धारण गरिएको थियो र यो यातायात र भेहिकलसँग सम्बन्धित संचारको लागि राखिएको थिये ।
तर प्रविधिको असफलतासँगै यी फ्रिक्वेन्सीहरु ठूलो मात्रामा प्रयोगमा थिएनन् । तर सेलुलरमा आधारित प्रविधिहरुको विकाससँगै गाडिहरु र सडक पूर्वाधारहरुबिचको पावर कम्यूनिकेसन्स शुरु भईसकेको छ ।
एफसीसीले गत वर्ष गरेको परीक्षणबाट सो ब्याण्डमा बिना कुनै अवरोध वाईफाई संचालन गर्नसकिने देखिएको थियो । एफसीसीका अध्यक्षको प्रस्तावलाई वाईफाईफरवार्ड(WifiForward) ले स्वागत गरेको छ, यो समूहले वाईफाई सर्भिसहरुका लागि अधिक स्पेक्ट्रम उपलब्ध गराउने विषयमा काम गर्दै आएको छ । एजेन्सी
प्रकाशित: ६ मंसिर २०७६, शुक्रबार