मोबाइल गेम कल अफ ड्यूटीः मोबाइल एक महिनामा नै १४ करोड पटक डाउनलोड

  • Technology Khabar | २८ कार्तिक २०७६, बिहीबार
मोबाइल गेम कल अफ ड्यूटीः मोबाइल एक महिनामा नै १४ करोड पटक डाउनलोड

काठमाडौं ।

काठमाडौं । मोबाइल गेमिंग एप कल अफ ड्यूटीः मोबाइलले पहिलो महिनामा नै १४ करोड ८० लाख डाउनलोड पार गरेकोछ । निकै चर्चाका साथ सार्वजनिक भएको मोबाइल भर्सनले यूजर्सबाट निकै राम्रो प्रतिक्रिया प्राप्त गरेको हो ।

कल अफड्यूटीः मोबाइलको यो डाउनलोड संख्या यसअघिको पबजी मोबाइल र फोर्टनाइटको डाउनलोड जोड्दा हुने संख्या भन्दा पनि अधिक हो ।

सेन्सर टावरको डाटा रिपोर्टअनुसार कल अफ ड्यूटीः मोबाइल पहिलो महिना डाउनलोड रेकर्डमा पोकेमन गो भन्दा पछाडि रहँदै दोस्रो नम्बरमा रहेको छ ।

यसअघि पबजी मोबाइलले आफ्नो पहिलो महिना ६ करोड ७ हजार डाउनलोड हासिल गरेको थियो भने फोर्टनाइटले ३ करोड ५० लाख भन्दा बढि डाउनलोड हासिल गरेको थियो ।

लन्चको केवल पहिलो महिनामा नै कल अफ ड्यूटीले ५ करोड २९ लाख डलर आम्दानी गरेको छ । जसमध्ये सबैभन्दा धेरै आम्दानी अमेरिकाबाट २ करोड २८ लाख डलर हासिल गरेको छ भने जापान दोस्रो स्थानमा छ ।

फोर्टनाइटले भने पहिलो महिनामा २ करोड ७१ लाख डलर आम्दानी गरेको थियो भने पबजीले ३५ लाख डलर आम्दानी गरेको थियो ।
कल अफ ड्यूटीले पहिलो साता नै १०० मिलियन डाउनलोड हासिल गरेर यसअघि नै रेकर्ड कायम गरिसकेको छ ।

नेपाललगायत देशहरुमा निकै लोकप्रिय रहेको पबजी मोबाइललाई पछिल्लो दिनमा कल अफ ड्यूटीः मोबाइलले कडा प्रतिस्पर्धा दिईरहेको छ ।

प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...