Technology Khabar २४ कार्तिक २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । एसरले सन् २०१९ को तेस्रो चौमासमा एकिकृतरुपमा २.०५ बिलियन अमेरिकी डलर आम्दानी गरेको छ । कम्पनीले आफ्नो व्यापारमा सो अवधिमा १४ प्रतिशतले वृद्धि गर्दै १०.६ प्रतिशतको कुल नाफा हासिल गर्न सफल भएको छ ।
कम्पनीको खुद नाफा र अर्निंग पर शेयर दुबैमा गएको ८ चौमासमध्ये सबैभन्दा धेरै देखिएको छ ।
एसरले हालै मात्र नयाँ वेयरेबल डिभाइस ‘क्लिक टू प्रे ईरोजरी’ लन्च गरेको थियो, जून क्याथोलिकहरुका लागि लक्षित गरेर पोपको वल्र्डवाइड प्रेयर नेटवर्कसँग मिलेर ल्याएको हो ।
यसबाहेक कम्पनीले हालै बायो मेडिकल डेभलपर नोभार्टिस ताइवानसँग सम्झौता गरेको छ जसमा कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमहरु मेडिकल एप्लिकेसन्सको लागि प्रयोग गरिनेछ । एजेन्सी
प्रकाशित: २४ कार्तिक २०७६, आईतवार