काठमाडौं ।
काठमाडौं । ईकमर्श साइट दराजले नेपालमा कात्तिक २५ गते ११.११ डे आयोजना गर्ने भएको छ ।
यसअघि अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजित गरेको थियो । उक्त दिनमा दराजले साधारण दिन भन्दा ८० गुना बढि व्यापार गरेको थियो साथै २ लाख भन्दा बढि उपभोक्ताहरु, १००० भन्दा बढी बिक्रेता तथा ब्रान्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए ।
यसपटक भने नेपालमै पहिलो पटक विद्युतीय भुक्तानी सेवाको सुरुवात गरेर दराजले ११.११ सेल लै अझै ठूलो बनाउने जानकारी दिएको छ ।
‘हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रधान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन–एप गेमहरु, मेगा भौचरहरु, उपहारहरु, र खास छूटहरु तथा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यस वर्ष कै ठूलो हाइलाइट हुने अनुमान छ।’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भने ।
यस वर्षको ११.११ अभियानमा दराजसँग ३००० हजार भन्दा बढी बिक्रेता गरि ३ लाख भन्दा बढी सामानहरु तथा ४ लाख भन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ । त्यस दिनमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरुको लागि तयारि गर्न दराजले ४०० थप डेक्स हेरोहरु (डेलिभरी राइडर) तथा ५० जना थप कस्टमर केयरमा थपेको जानकारी दिएको छ ।
साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्शन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ ।उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराज हब बाट लिन सक्छनेछन् जसले गर्दा वितरण फी तिर्नु नपर्ने उल्लेख छ।
यसका साथ साथै सामानको गुणस्तर चेक गर्न दराजमा अझै धेरै फिचरहरु पनि थपिएका छन् जस्तो कि इमेज रिव्यू र सेलरसँग प्रत्यक्ष च्याट गर्न मिल्ने सेवा । यी फिचरहरुले उपभोक्ताहरुलाई सठिक सामान छान्न निक्कै सहयोग पुग्नेछ । साथै मशिन लर्निङ्ग अथवा आर्टीफिशियल इन्टेलिजेन्समार्फत दराजले उपभोक्ताहरुलाई आफूले खोजेको जस्तो समान खोज्न सहयोग पुर्याउने दाबी कम्पनीले गरेको छ ।
प्रकाशित: १७ कार्तिक २०७६, आईतवार