काठमाडौं ।
काठमाडौं । टेलिकम नेटवर्क उपकरण निर्माता कम्पनी नोकियाले आफ्नो ५जी विकासलाई तिब्रता दिन सयौं इन्जिनियरहरुलाई नियुक्त गरेको छ । नोकियाले यो वर्षभित्रै ५जीको विकासलाई तिब्रता दिन फिनल्याण्डमा मात्रै ३५० जना नयाँ इन्जिनियरहरु नियुक्त गरेको हो ।
स्विडेनको एरिक्सन र चीनको ह्वावेको प्रतिस्पर्धी कम्पनी नोकियाले ५जी नेटवर्क व्यवसायको तिब्र वृद्धिलाई प्रतिस्पर्धीहरुको भन्दा अगाडि रहन थप लगानीले मात्र थप नाफा गर्न सकिने उल्लेख गरेको छ ।
नोकियाले फिनल्याण्डमा नियुक्त गरेका ३५० कर्मचारीहरुमध्ये २४० जना मोबाइल नेटवर्क यूनिटमा हुनेछन भने बाँकी कर्मचारीहरु भने सिस्टम अन चीप इन्टिग्रेसन सर्किटको विकासमा केन्द्रित हुनेछन् । यो चीप ५जी उपकरणको लागि सबैभन्दा महत्वपूर्ण तत्व भएको नोकियाका प्रवक्ताले बताएका छन् ।
नोकियाको ५जीको लागि सबैभन्दा ठूलो र महत्वपूर्ण बजार भनेको उत्तर अमेरिका हो । जहाँ अहिले टेलिकम कम्पनीहरुबिच मर्जरले गर्दा नोकियाको बजार खुम्चिँदै छ । गत साता मात्रै टि मोबाइल यूए इंक र स्प्रीन्ट कर्पबिचको २६.५ बिलियन टाइअपले गर्दा नोकियालाई घाटा हुनसक्ने चेतावनी दिएको थियो ।
हाल दुबै कम्पनीको मर्जरको विषय अदालतमा पुगेको छ भने नोकियाले दुबै कम्पनीहरुलाई उपकरणहरु आपूर्ति गर्दै आएको छ । एजेन्सी
प्रकाशित: १५ कार्तिक २०७६, शुक्रबार