
काठमाडौं ।
काठमाडौं । मानिसहरुले कम्प्यूटरको कीबोर्डमा तिब्रगतिमा टाइप गरेजस्तै किसिमले स्मार्टफोनमा पनि करिब उस्तै किसिमले टाइप गर्ने गरेको देखिएको छ ।
मानिसहरुले स्ट्याण्डर्ड पर्सनल कम्प्यूटरको कीबोर्डमा औसतमा ५२ अक्षर प्रति मिनेट टाइप गर्न सक्दछन भने मोबाइल फोनहरुमा औसत टाइपिंग ३८ अक्षर प्रति मिनेट रहेको एक अध्ययनले देखाएको छ ।
अझ युवाहरु जो १० देखि १९ वर्षका छन उनीहरुले अन्य वयस्कहरुभन्दा औसतमा १० अक्षर प्रति मिनेट छिटो टाइप गर्ने गरेको पाईएको छ ।
सो अध्ययन गर्ने समूहले मानिसहरुले हाल अधिकांश समय स्मार्टफोन प्रयोगमा बिताउने गरेको हुँदा प्रत्येक दिन टाइपिंग गर्ने सिप सिकिरहेको बताएको छ ।
अमेरिकाको यूनिभर्सिटी अफ क्याम्ब्रिज र फिनल्याण्डको आल्टो यूनिभर्सिटीले संयुक्तरुपमा गरेको अध्ययनमा ३७ हजार मानिसहरुबाट सो अनुसन्धानको लागि डाटा संकलन गरिएको थियो । सो अध्ययनमा जसले कम्प्यूटर र स्मार्टफोनहरु दुबैमा तिब्ररुपमा टाइप गर्न सक्दछ उनीहरुको गतिलाई परीक्षण गरिएको थियो ।
सो परीक्षणमा मानिसहरुले उच्चतम गतिमा टाइप गरेकोमा प्रतिमिनेट १०० अक्षर भन्दा बढि रहेको छ भने औसतमा अधिकांश मानिसहरुले ३५ देखि ६५ प्रति मिनेटको टाइप गर्न सक्षम भएको अनुसन्धानकर्ता डा. एन्ना फेईटले बताईन् ।
अधिकांश मानिसहरुले उनीहरुको फोनमा टाइप गर्नको लागि दुबै हातका बुढी औंलाहरुको प्रयोग गरेका थिए भने प्रति दिन टचस्क्रीनमा ६ घण्टा बिताएका थिए ।
यो ठूलो किसिमको अध्ययन र अनुसन्धानले आगामी दिनमा टाइपिंग सिपलाई विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अध्ययनमा ८५ अक्षर प्रति मिनेटको तिब्रगतिको टाइप फोनमा गरेको भेटिएको छ ।
फोनमा टाइप गतिलाई बढाउन अटो करेक्ट सिस्टमले सहयोग गरेको बताईएको छ । बिबिसी
प्रकाशित: २६ आश्विन २०७६, आईतवार