ह्वावेले एन्ड्रोयड १० मा आधारित नयाँ सिस्टम अपडेट दिने, यी ३३ डिभाइसहरुमा अपडेट आउँदै

  • Technology Khabar | १४ आश्विन २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । ह्वावेले हालै आफ्नो नयाँ स्मार्टफोन मेट ३० सिरिज नयाँ अपरेटिंग सिस्टमका साथमा लन्च गर्यो । सो स्मार्टफोनमा एन्ड्रोयड १० मा आधारित कम्पनीको ईएमयूआई १० बीटा भर्सन रहेको छ ।

अब भने कम्पनीले एन्ड्रोयड १० मा आधारित आफ्नो नयाँ सिस्टम थप डिभाइसहरुमा पनि उपलब्ध गराउने भएको छ ।

यो सिस्टममा नयाँ डिजाइनहरु, नयाा यूआई र फीचरहरु राखिएको छ । कम्पनीले ह्वावे र अनरका विभिन्न ३३ वटा डिभाइसहरुमा आफ्नो नयाँ ईएमयूआई १० अपग्रेड गर्ने तालिका सार्वजनिक गरेको छ । जसमध्ये अधिकांशले अक्टोबर र डिसेम्बरको बिचमा अपडेट प्राप्त गर्नेछन् ।

तालिकाअनुसार सबैभन्दा पहिलो सूचीमा रहेको ह्वावे पी ३० सिरिजले मध्य अक्टोबरमा नयाँ बीटा अपडेट प्राप्त गर्नेछ । त्यसपछि मेट १० ले नोभेम्बरमा र नोभा सिरिजका फोनहरुले अक्टोबर र नोभेम्बरको बिचमा अपडेट पाउनेछन् ।

यसबाहेक ह्वावेको सब ब्राण्ड अनरका विभिन्न डिभाइसहरुले पनि नयाँ सिस्टम अपडेट पाउनेछन् । जसमा अनर २० सिरिज, भी २० र म्याजिक २ ले अक्टोबरको अन्त्यमा प्राप्त गर्नेछन् ।अन्य मोडेलहरुले भने नोभेम्बर र डिसेम्बरको बिचमा अपडेट पाउनेछन् ।

नयाँ ईएमयूआई १० मा डार्क मोड राखिएको छ भने कलरफूल एओडी अफ स्क्रीन डिस्प्ले उपलब्धछ । यसले डिस्प्लेमा मिति, समय, ब्याट्री, मेसेजलगायतका जानकारीहरुका साथै डिस्प्ले कलर डायल, ब्याकग्राउण्ड र प्याटर्नहरु पनि देखाउने छ ।

सो अपडेट तालिका हेर्दा नेपालमा सार्वजनिक भएका ह्वावेका मेट सिरिज, पी सिरिजका डिभाइसहरुले अपडेट प्राप्त गर्नेछन भने नोभा सिरिजमा भने अपडेट छैनन् ।

त्यस्तै तालिका हेर्दा नेपालमा सार्वजनिक भएका अनर ब्राण्डका कुनैपनि डिभाइसहरुले नयाँ ईएमयूआई १० प्राप्त गर्नेछैनन् ।

प्रकाशित: १४ आश्विन २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार