मोटोरोलाले फोल्डेबल फोन बनाउँदै, सन् २०१९ को अन्त्यसम्ममा रेजरको डिजाइनमा आउने

  • Technology Khabar | १३ आश्विन २०७६, सोमबार
मोटोरोलाले फोल्डेबल फोन बनाउँदै, सन् २०१९ को अन्त्यसम्ममा रेजरको डिजाइनमा आउने

काठमाडौं ।

काठमाडौं । फोल्डेबल फोनहरुको चर्चा बजारमा भईरहँदा मोबाइल निर्माता कम्पनीहरुबिच पनि प्रतिस्पर्धा हुने देखिएको छ ।

हालै सामसंगलेआफ्नो फोल्डेबल फोन सामसंग ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको थियो भने ह्वावेले पनि आफ्नो फोल्डेबल फोन बजारमा ल्याउने तयारी गरिरहेको छ ।

तर यो प्रतिस्पर्धामा अब अर्को स्मार्टफोन कम्पनी मोटोरोला पनि समावेश भएको छ । मोटोरोलाले सन् २०१९ को अन्त्यसम्ममा आफ्नो रेजर फोल्डेबल फोन लन्च गर्न सक्नेछ ।हालै आएको रिपोर्टअनुसार चिनियाँ कन्जूमर इलेक्ट्रोनिक्स कम्पनीको अर्को ब्राण्ड कम्पनी लेनोभोका एक यूनिट मोटोरोलाको गोप्य फोल्डेबल फोनमा काम गरिरहेको छ । यो फोनले रेजर ब्राण्डलाई पुनर्जीवन गर्ने प्रयास गर्ने अपेक्षा गरिएको छ ।

सन् २०१७ को पेटेन्ट फाइलिंगकाअनुसार मोटोरोलाको फोल्डेबल फोन आफ्नो लोकप्रिय रेजर फ्लिप फोनको जस्तै भित्रतर्फ मोडिनेछ । तर यसअघि आएका सामसंग र ह्वावेका फोल्डेबल डिभाइसहरु भने बाहिरी तर्फ मोडिन्छन् ।

तर यो स्मार्टफोन कहिले लन्च हुन्छ भन्ने कुनै समय निर्धारण गरिएको छैन् । यसअघि आएका रिपोर्टहरुका अनुसार सो डिभाइसमा क्वालकम स्न्यापड्रागन ७१० चीपसेटका साथ हुनेछ भने ब्याट्री क्षमता सानो साइजको हुने बताईएको छ । एजेन्सी

प्रकाशित: १३ आश्विन २०७६, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...