कनेक्टआईपीएस यूजर्सबीच फण्ड ट्रान्सफर अब निःशुल्क

  • Technology Khabar | २० भाद्र २०७६, शुक्रबार
कनेक्टआईपीएस यूजर्सबीच फण्ड ट्रान्सफर अब निःशुल्क

काठमाडौं ।

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्टआईपीएस (connectIPS e-payment) प्रणालीमा यूजर बीच निःशुल्क फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ।

सीमित अवधिका लागी सुरु गरिएको सो सुविधा अन्तर्गत connectIPS e-payment प्रणालीमा आफ्नो बैंक खाता लिंक गरी भेरिफाई गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको बताईएको छ।

एनसीएचएलले ५३ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न connectIPS e-payment प्रणाली संञ्चालन गरिरहेको छ।

यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २० भाद्र २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार