दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ का लागि एनसेलको सहकार्य

Technology Khabar १० भाद्र २०७६, मंगलवार

काठमाडौं ।

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९ को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । यस सहकार्य अन्तर्गत आयोजना गरिएको तिन दिने सम्मेलन सोमबार समापन भएको छ ।

उक्त तिन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षक शिक्षीकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए ।
सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षक शिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जना भन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो ।

शिक्षा क्षेत्रको विकासका लागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेललको यस सहकार्यको उदेश्य रहेको छ । दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षा क्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ । सम्मेलन शनिवार शुरु भएको थियो ।

“२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्य बालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षा प्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,” उद्घाटन सत्रमा प्रमुख अतिथीका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरीराज मणि पोखरेलले भने ।

सोमबारको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तिले सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भईरहेको बताईन् । उनले सम्मेलनमा सहभागि शिक्षक शिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाका विकासका लागि कक्षा कोठा लगेर बाड्न सुझाइन् ।

“एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने, “आवश्यक समयसापेक्ष तालिमबाट वञ्चित सरकारी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई प्लेटफर्म प्रदान गर्दै उहाँहरुलाई अझ सशतm बनाउन सहयोग पुप्याउनमा एनसेलको यो सहकार्य केन्दि«त रहेको छ ”

“अन्तर्राष्ट्रिय सिकाई पद्धती, हाम्रा स्थानिय कक्षा कोठाहरुसम्म पुर्याउनु र यसका लागि शिक्षक शिक्षिकाहरुलाई आवश्यक तालिम दिनु यस अन्तर्राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य रहेको थियो,” रातो बङ्गला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले भनिन् ।
यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन पश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुने एनसेलले जानकारी दिएको छ ।

प्रकाशित: १० भाद्र २०७६, मंगलवार

तपाइको प्रतिक्रिया