एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी
काठमाडौं ।
एप्पलले सन् २०२७ को फेब्रुअरी वा मार्चमा विभिन्न नयाँ डिभाइस सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आइफोन १८ई र आइफोन १८ मोडेल, नयाँ आईप्याड र परिमार्जित म्याकबुक नियो र म्याकबुक एअर सार्वजनिक गर्ने अनुमान गरिएको हो।
म्याक गुरम्यानले आफ्नो पावर अन न्यूजलेटरमार्फत यस्तो जानकारी दिएका हुन्। उनले सन् २०२७ को पहिलो ६ महिना भित्रमा एप्पलले सार्वजनिक गर्न सक्ने अन्य उत्पादनबारे समेत जानकारि दिएका छन्।
गुरम्यानका अनुसार दोस्रो चरणको सार्वजनिक कार्यक्रममा आईफोन एअर २, नयाँ आईप्याड एअर र आईप्याड प्रो मोडल पनि सार्वजनिक हुन सक्नेछन्। यी डिभाइस मार्चको अन्त्य वा अप्रिल महिनामा सार्वजनिक हुने सम्भावना रहेको छ।
हालसम्म सार्वजनिक भएका विवरण अनुसार एप्पलका आगामी डिभाइसमा निम्न विशेषता रहने अनुमान गरिएको छ।
आईफोन १८ईः ए२० चीप, ९ जीबी र्याम र लामो समय टिक्ने ब्याट्रि रहने छ।
आईफोन १८ः ए२० चीप, ९ जीबी र्याम र ब्याट्रि क्षमता सुधार
नयाँ आईप्याडः एप्पल इन्टेलिजेन्स सपोर्ट गर्ने ए१९ चिप, वाईफाई ७ एन१ चिप र कम इनर्जी खपत गर्ने सी१एक्स मोडेम
म्याकबुक नियोः ए१९ प्रो चिप, १२ जीबी र्याम र नयाँ कलर अप्सन
म्याकबुक एअरः नयाँ पुस्ताको एम६ चीप
आईफोन एअर २ मा ए२० प्रो चीप, अल्ट्रा वाइड क्यामेरा, सानो डाइनामिक आइल्यान्ड र लामो समय टिक्ने ब्याट्रि रहने अनुमान गरिएको छ।
यस मोडलमा एप्पलको नयाँ सी२ मोडेमले अमेरिकामा एमएमवेभ प्रविधिलाई सपोर्ट गर्नुका साथै हालको सी१एक्स मोडेमको तुलनामा उच्च डाटा अपलोड गरि प्रदान गर्ने अनुमान गरिएको छ।
नयाँ आईप्याड एअरमा एम५ चीप ओएलईडी डिस्प्ले र पातलो तथा हलुका डिजाइन रहने बताईएको छ। यसमा आईप्याड मिनीमा पहिलोपटक प्रयोग गरिएको अकृस्टिक डिस्प्ले प्रविधि समावेश हुन सक्नेछ।
आईप्याड प्रोमा एम६ वा एम७ चीप प्रयोग गर्ने भन्ने बारे एप्पलले विचार गरिरहेको बताइएको छ। धेरै काम भएको बेलामा डिभाइसको तापक्रम नियन्त्रण गर्न भेपर च्याम्बर कुलिङ सिस्टम समेत समावेश गर्न सक्ने सम्भावना छ।
टेलिग्राफका अनुसार यी सबै विवरण एप्पलका आगामी योजनाबारे सार्वजनिक भएका समाचार र अनुमानमा आधारित छन्। कम्पनीले हालसम्म यी डिभाइसको सार्वजनिक मिति आधिकारिक रुपमा पुष्टि गरेको छैन्।