
काठमाडौं ।
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी नोट १० सिरिज नेपाली बजारमा प्रस्तुत गरेको छ, प्रिमियम स्मार्टफोनहरुको नयाँ लाइन जसले शक्तिशाली प्रदर्शन र उत्पादकत्व वृद्धि गरी प्रयोगकर्ताहरूलाई हरेक क्षण अविष्मरणीय बनाउन मद्दत पु¥याउँछन् ।
ग्यालेक्सी नोट १० सिरिजले प्रयोगकर्ताहरूलाई उनीहरूले चाहेको तरिकाले काम गर्न र उनीहरूको सृजनात्मकता प्रदर्शन गर्न, स्वतन्त्रता दिन्छ । वर्षौंको लागि, ग्यालेक्सी नोट श्रृंखलाले विश्वभरि लाखौं प्रयोगकर्ताहरूलाई उनीहरूको चाहनाहरू अनुसरण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्त गर्न मद्दत गरेको छ, ग्यालेक्सी नोट १० सिरिजसंँग, सामसङ प्रयोगकर्ताहरुलाई आफूले चाहेको भन्दा बढी गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।
ग्यालेक्सी नोट १० यसै बेस्ट–अफ–द–बेस्ट प्रविधि एंवं सुविधाहरूका साथ प्रस्तुत हुने मान्यतालाई आत्मसाथ गर्दै स्मार्टफोनका नयाँ पारखीहरु माझ उनीहरुको प्रोडक्टीभिटि एवं क्रिएटिभिटिलाई सहजै माथिल्लो तहसम्म पुर्याउन मद्दत गर्ने विश्वास लिएको सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणय रत्न स्थापितले बताए ।
‘ग्यालेक्सी नोट १० का हरेक ईलिमेन्टहरु विशेष तरिकाबाट निर्माण गरिएको छ, जसले गर्दा ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुने छ, भिडियो एडिटिङ्ग गर्न वा आफूलाई मन पर्ने गेम खेल्न ग्यालेक्सी नोट १० ले अझै सहजता एवं सुविधा प्रदान गर्ने छ,’ सामसङ नेपालका मोबाइल विजिनेश हेड रत्न स्थापितले भने । 
प्रिमियम एक्स्पेरियन्सको लागि पावरफुल डिजाइन
यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्दछ– न केवल हेर्दा र अनुभव गर्दा मात्र नभई ग्यालेक्सी नोट १० मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि बन्न पुगेको छ । यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने छ ।
ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको छ । भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभि, मुभि तथा गेम खेल्न सक्नुहुनेछ ।
हरेक कार्यलाई बहु पक्षीय उत्पादक बनाउने स्वतन्त्रता
प्रयोगकर्ताहरुले प्रिमियम उत्पाकता प्राप्त गर्नं सक्नुहुने छ र वहाँहरुले आफ्नो फोनबाट अझै धेरै कुरा प्राप्त गर्नको लागि प्रयोग गर्न सक्नुहने छ । । यसमा प्रयोग भएको नयाँ प्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजन आदिले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गरी उनीहरुका हरेक कार्यलाई उत्पादक बनाउने स्वतन्त्रता प्रदान गर्दछ ।
सर्जकहरुका लागि प्रो–ग्रेड क्यामरा
ग्यालेक्सी नोट १० को साथ, सर्जकहरुले स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी आश्चर्यजनक भिडियो तथा फोटोहरु लिन सक्नुहुने छ– आफ्नो च्यानलहरु, स्टोरिहरु तथा पोस्टहरुलाई अरु भन्दा पृथक् बनाउने सुविधा प्रदान गर्दछ । यसमा भएको एडभान्स इमेजिङ्ग प्रविधि र सफ्टवेरहरुले भिडियो ग्राफि र फोटो ग्राफिलाई नयाँ तहमा पु¥याउन मद्दत गर्दछ ।
प्रयोगकर्ताहरुका लागि अद्वितीय कार्यक्षमता
नोट प्रयोगकर्ताहरुले यस फोनको प्रयोगबाट हरेक कुरा गर्न सक्नुहुने छ – कुराकानी मात्र होइन हरेक क्रियाकलाप, वृहत् व्यापारिक योजना, सोसल मिडिया च्यानलहरुको लागि आवश्यक पर्ने भिडियो एडिटिङ्ग, एस पेनको साथ आकर्षक इलुस्ट्रेशन आदि गर्न विशेष सहयोग पु¥याउने छ । यसको लागि नयाँ इन्जिनियरिङ्गका साथ ग्यालेक्सी नोट १० मा टप–टायर हार्डवेर एवं नयाँ सुविधाहरु प्रयोग गरिएको छ ।
ग्यालेक्सी इकोसिस्टम एक पोर्टल
ग्यालेक्सी नोट १० ले इकोसिस्टमलाई केन्द्रमा राखेको छ । प्रयोगकर्ताहरुलाई जीवन्तता प्रदान गर्न विभिन्न वेरेवल डिभाइसहरु जस्तैः ग्यालेक्सी वाच एक्टिभि २ र ग्यालेक्सी ट्याव्लेट ए ६ कनेक्ट गरी अझै धेरै गर्न सकिन्छ ।
सामसङका यस्ता उत्पादनहरु जसले ग्यालेक्सीको अभूतपूर्व अनुभव प्रदान गर्दछ । सामसङ हेल्थले स्वस्थ्यसँग सम्बन्धित लक्षहरुलाई निगरानी राख्दछ । सामसङको नक्स प्लयह ले फोनका डाटा एवं सुरक्षा प्रदान गरी सुरक्षा समाधान गर्न मद्दत गर्नेछ । बिक्सबीले प्रयोगकर्ताहरुलाई थप सहजता प्रादन गरी जीवनलाई व्यवस्थित एवं अझै सहज बनाउने छ ।
मूल्य तथा उपलब्धता
ग्यालेक्सी नोट १० को मूल्य रु. १ लाख १६ हजार तथा ग्यालेक्सी नोट १० प्लस रु. १ लाख ३५ हजार तोकिएको छ । यी दुबै सेटको यही अगस्ट महिनाको २६ तारिखदेखि उपलब्ध हुनेछ ।
ग्यालेक्सी नोट १० औरा ब्ल्याक, औरा ग्लो तथा ग्यालेक्सी नोट १० प्लस औरा ब्ल्याक, औरा ग्लो, औरा ह्वाइट कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित: ९ भाद्र २०७६, सोमबार