
काठमाडौं ।
काठमाडौं । नोकिया फोनको निर्माता कम्पनी एचएमडी ग्लोबलले निकै सस्तो प्रिमियम ५जी फोन बनाउने उद्धेश्य लिएको छ ।
कम्पनीले ५जी नेटवर्कस आएसँगै महंगा ५जी स्मार्टफोनहरु लन्च भएका छन् । तर केहि समयभित्रै सस्ता फोनहरु पनि आउने अनुमान गरिएको छ, जसको शुरुवात भीभोको सब ब्राण्डबाट भएको छ ।
एचएमडी ग्लोबलले नोकिया ब्राण्ड प्रयोगको अधिकार सन् २०१६ मा लिएसँगै विभिन्न रेन्जका स्मार्टफोनहरु ल्याईरहेको छ ।
एचएमडीका एक अधिकारीले नोकिया ५जी फोनको विकास गरिरहेको बारेमा बताएका छन् । जून स्मार्टफोन अहिलेका प्रतिस्पर्धी स्मार्टफोन निर्माताहरुको भन्दा बजारमा सस्तो मूल्यमा उपलब्ध हुनेछ ।
कम्पनीका अधिकारी जुहो सर्भिकासले सो ५जी डिभाइस सन् २०२० मा उपलब्ध हुने बताएका छन जसको मूल्य ५०० डलरदेखि ६०० अमेरिकी डलरको बिचमा हुने अपेक्षा गरिएको छ ।
‘हामीले अझ सूपथ मूल्यको सेगमेन्टका लागि ५जी ल्याएर बजार प्रवेश गर्ने अवसर देखिरहेका छौं,’ सर्भिकासले भने । उनले अहिलेको उपलब्ध डिभाइसहरुभन्दा सूपथ मूल्यमा र अझ आधा मूल्यमा ५जी डिभाइस ल्याउन सक्ने बताए ।
एचएमडीले सामान्यतथा आफ्ना नयाँ ह्याण्डसेटहरु मोबाइल वल्र्ड कंग्रेसमा प्रदर्शन गर्ने गर्दछ ।
प्रकाशित: ६ भाद्र २०७६, शुक्रबार