काठमाडौं ।
भिडियो गेम उद्योगमा एआईको प्रयोग तीव्र रुपमा बढ्दै गएको छ।
हालै सार्वजनिक तथ्यांक अनुसार सन् २०२६ को अक्टोबर महिनामा स्टिम प्लेटर्फममा सावर्जनिक गरिएका झण्डै आधा भिडियो गेममा एआईको सहायतामा तयार पारिएका सामग्रीहरुको प्रयोग गरिएको पाईएको हो।
एक विश्लेषणअनुसार, सन् २०२४ को जनवरी देखि सार्वजनिक भएका करिब ६३ हजार ६ सय गेममा एआईको प्रयोग भएको छ। एआई प्रयोग भएको गेमको अनुपात सन् २०२४ मा १३.२ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर २४ प्रतिशत पुगेको थियो। त्यस्तै, सन् २०२६ मा यो अनुपात ४०.१ प्रतिशत पुगेको छ। अक्टोबर महिनामा भने यो संख्या बढेर ४९.९ प्रतिशत पुगेको छ।
सार्वजनिक गरिएका विवरणमध्य ६३ प्रतिशत सामग्रीमा एआईको प्रयोग चित्र तथा दृश्यसँग सम्बन्धीत छन्।
टेलिग्राफका अनुसार, गीतकका लिरिक्स लेख्न तथा अनुवाद गर्न, प्रचारप्रसार सामग्री तयार गर्न, प्रोग्रामीङका लागि पनि एआईको प्रयोग भइरहेको छ। गेमभित्र प्रयोग हुने आवाज तथा अन्य सामग्री सिर्जना गर्न एआईको प्रयोग भने तुलनात्मक रुपमा सीमित रहेको छ।
प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार