काठमाडौं ।
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानको कामकारबाही सञ्चालन गर्न पाँच सदस्यीय अन्तरिम व्यवस्थापन समिति गठन गरिएको छ।
अध्यादेशको दफा ५३ मा रहेको संक्रमणकालीन व्यवस्थाबमोजिम डा. जनार्दन लामिछानेको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिका सदस्यहरूमा डा. गोपालबहादुर के.सी., डा. सुनिलकुमार सिंह, डा. बबिता पौडेल र डा. रेश्मा श्रेष्ठ रहेका छन्।
अधिकतम तीन महिनाका लागि गठन गरिएको उक्त समितिले प्रज्ञा–प्रतिष्ठानको नियमावली निर्माण गर्ने, ११० सदस्यीय प्रज्ञा सभा गठन गर्ने तथा अध्यक्ष र उपाध्यक्ष नियुक्ति नभएसम्म प्रतिष्ठानको कामकारबाही सञ्चालन गर्ने जिम्मेवारी पाएको छ।
प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार